३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

बुटवल । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८ लाख पुग्न लागेको छ भने यसका कारण करिब ३८ हजारले ज्यान गुमाएका छन्। वल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार विश्वका २ सय देश तथा क्षेत्रमा सोमबारसम्म ७ लाख ८४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोमबारसम्म विश्वका ती देश तथा क्षेत्रहरुमा कोरोना भाइरस संक्रमणका कारण ३७ हजार ७ सय ८० जनाको मृत्यु भएको छ।

Advertisement

संक्रमितमध्ये हालसम्म १ लाख ६५ हजार ३५ जनालाई निको भइसकेको छ । हाल विश्वका बिभन्न अस्पताल तथा घरमा बसेर ५ लाख ८१ हजार ५ सय ५५ जना कोरोना संक्रमितले उपचार गरिरहेका छन् । यीमध्ये ५ लाख ५१ हजार ९ सय ६९ को अवस्था सामान्य छ भने २९ हजार ५ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा देखिएको थियो । त्यसयताको तीन महिनाको अवधिमा यो भाइरस विश्वका २ सय देश तथा क्षेत्रमा फैलिसकेको छ । सुरुमा यसको प्रभाव चीनमा बढी देखिए पनि पछिल्ला दीन चीनमा यसको प्रभाव न्युन र युरोप तथा अमेरिकमा तिव्र रुपमा बढेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशमा अमेरिका, इटाली, स्पेन, चीन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, टर्की, दक्षिण कोरिया, अष्ट्रिया, क्यानडा र पोर्चुगल रहेका छन् । कोरोनाका संक्रमित सबैभन्दा बढी अमेरिका देखिएका छन् भने मृत्यु इटालीमा भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ, जसमध्ये ३ हजार १ सय ४५ जनाको मृत्यु भइसकेको छ । इटालीमा कोरोना भाइरसका संक्रमित १ लाख १ हजार ७ सय ३९ रहेको छ । यीमध्ये ११ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ८७ हजार ९ सय ५६ जना कोरोनाको संक्रमित रहेकोमा ७ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ । चीनमा कोरोना संक्रमितको संख्या ८१ हजार ४ सय ७० रहेको छ जसमध्ये ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ । जर्मनीमा ६६ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण भएको छ । यीमध्ये ६ सय ४५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ४४ हजार ५ सय ५० जना कोरोना संक्रमित रहेकोमा ३ हजार २४ जनाको मृत्यु भइसकेको छ । इरानमा कोरोना संक्रमितको संख्या ४१ हजार ४ सइ ९५ जना छन् जसमध्ये २ हजार ७ सय ५७ जनाको मृत्यु भइसकेको छ । बेलायमा कोरोना संक्रमितको संख्या २२ हजार १ सय ४१ छ । यीमध्ये १ सय ८० जनाको मृत्यु भइसकेको छ ।

स्वीट्जरल्याण्डमा १५ हजार ९ सय २२ जनामा कोरोनाको संक्रमण देखिएकोमा ३ सय ५९ जनाको मृत्यु भइसकेको छ । बेल्जियममा ११ हजार ८ सय ९९ जना संक्रमित रहेकोमध्ये ५ सय १३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ७० रहेकोछ जसमध्ये ८ सय ६४ जनाको मृत्यु भइसकेको छ । टर्कीमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय २७ पुगेको छ । यीमध्ये १ सय ६८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य