४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

एक उद्यमी महिलाको जीवन कथा र भविष्यको सपना

Advertisement

बाबा रामदेवले भनेका थिए–जिन्दगी युद्ध(संग्राम) हो । जसले जित्न सक्छ ऊ नै बाँच्छ । साँच्चिकै उनले आफ्नै शरीरको रोगसँग युद्ध लडिन र जितिन् । अर्थात् उनी बाँचिन् । १२ वर्षको उमेरदेखि उनलाई बाथ ज्वरो (Rhyumatic heart Disease) ले समायो र सोही रोगबाट बच्न ३४ वर्षको उम्मेरसम्म नियमित औषधी खाइन् ।

आमा ४० वर्ष पुग्दा जन्मिएकी उनी सातवर्षको उमेरमा बाबा गुमाइन् । २० वर्षको उमेरमा मस्तिष्कको क्षयरोगले दुईदिनसम्म कोमामा पुर्यायो । डेढवर्षसम्म क्षयरोगको औषधी खाएपछि निको भईन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उनको रोग बेलैमा निदान र उपचार भएकै कारण आयू थपियो । घरीघरी टन्सिलले सताइ रहँदा शल्यक्रिया गर्नु पर्यो । रोग उनको जीवनमा संघर्षको यात्री बनेर साथ लागि रह्यो । पीडाको इनार जति खन्यो त्यति दर्दनाक हुन्छ भन्थे । मलाई उनको जीवनीले त्यस्तै सोच्ने बनायो ।

गुल्मीको रुरु गाउँपालिका रिडीबजारमा जन्मिएकी उनी माइतीमा कान्छी सन्तान् थिइन् । दुई दाजुहरु र दुई दिदीहरु थिए उनका । कान्छी भएकीले परिवारमा माया,ममता र स्नेहको पोखरीमा चुर्लुम्म डुबेकी थिइन् तर रोगले उनलाई मृत्युको आगनमा घुमाइ रहन्थ्यो । परिवारको बलियो आर्थिक अवस्था थिएन । घरको मियो बाबा नभएपछि जिन्दगीमा सुखको दाइँ लगाउन पाएनन् ।
धेरैले उनलाई मृत्युको मुखबाट फर्किएर आएको नाफाको पाहुना ठान्छन् । उनलाई बाँच्ने आधार दियो त केवल आफ्नै आन्तरिक आँट,हिम्मत र विश्वासले । बाँच्न सिकायो त आफ्नै परिवार,समाज र आफन्तीका प्रेरणाले । त्यही भएर त आज आफ्नै परिचय बनाएकी छन् । सबैले जमुना भनेर चिनेका छन् ।

हो ! उनी हुन् –जमुना सुबेदी पोखरेल । १२ पास गरेपछि पढ्न र रोजगारीको शिलशिलामा बुटवल आइन् । आफ्नी ठूल्दिदी उनका सहारा बनिन् । डुबेको मान्छेलाई परालको त्यान्द्रो पनि सहारा हुन्छ भने झैं ठूल्दिदी बलियो सहारा भईन् । जमुनाले लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस पढाइ थालिन् । अग्नि इन्फोटेक ईन्स्टिच्यूट,बुटवलमा रिसेप्सनिष्टमा पहिलो पटक जागिरे भइन् ,छाडिन् । त्यसपछि तिनाउ साप्ताहिक पत्रिकामा मार्केटिङ्को काम थालिन् । बुटवलको चर्को घाम र फिल्डमा हिडिरहनु पर्ने भएको हुँदा स्वास्थ्यले साथ नदिएपछि पाउनु पर्ने तलव समेत गोली मारिन् ।

आर्थिक अभाव र घरायसी समस्याले पढाइलाई बीचमै थाँति राखेर पोखरमा रहेको पशु स्वास्थ्य तथा परामर्श केन्द्रमा लेखापालको रुपमा जागिरे भइन् जमुना । अदिति र सौर्यका आमा बनिसकेका जमुनाले २०६५ सालमा सैनामैना–१०,सालझण्डीका भुवन पोखरेलसँग पोखरामा रहँदा बस्दा नै लगनगाँठो कसेकी थिइन् अर्थात् दुई मुटु एक बनाएकी थिइन् । जीवनको ११ वर्षे निरन्तर यात्रामा भुवनले जमुनालाई सहारा र जमुनाले भुवनलाई आधार ठानिन् । बुटवल –१३,बेलबासमा उनीहरुले डेढ वर्ष अघि सौर्य गार्मेन्ट खोलेका छन्् । ८ जना नेपाली महिलाहरुलाई रोजगार दिएका छन् । उनीहरुका आश्रित परिवारलाई समेत बाँच्ने आधार दिएका छन् । नेपालमै उद्यम गरौं र नेपाली हुनुको गर्व गरौं भन्ने उनीहरुको मूलमन्त्र हो ।

उद्यमी महिला बनेर समाजमा परिचय बनाउने र सफल उद्यमी बन्ने जमुनाको योजना र सपनालाई भुवनले हरपल साथ दिएका छन् । होस्टेमा हैसे गरेका छन् । घरभित्रमात्र होइन परिवार र समाजलाई समृद्धिको गोरेटोमा लैजानका निम्ति जमुनाले आफ्नो समय लगानी गरेकी छन् । त्यसैले पनि उनलाई बुटवल उपमहानगरपालिकाद्वारा गठित उपप्रमुख महिला उद्यमशीलता विकास समितिको सञ्चालक सदस्यमा उद्योगीका तर्फबाट मनोनित गरिएको हुन सक्छ । उनले सो समिति मार्फत आफ्नो उद्यमशीलता सम्बन्धी क्षमता र योग्यता प्रदर्शन गर्ने अवसर समेत पाइएकी छन् । रुपन्देही उद्योग संघको कार्यसमितिमा मनोनित सदस्यका रुपमा क्रियाशील छन् ।

१६ वर्षको उमेरमा उनले गाउँमै यूथ अफ न्यू जेनेरेशन नामक क्लवको अध्यक्ष भई नेतृत्व गरेकी थिइन् । उनमा नेतृत्व र संयोजन गर्ने विशिष्ट क्षमता र गुण भएकै कारण आज रुरु मिलन केन्द्र,रुपन्देहीकी अध्यक्ष,न्यू भिजन फाउण्डेसन नेपालकी कार्यसमिति सदस्य,जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहकी कार्यसमिति सदस्य,महिला मञ्च,नेपालकी कार्यसमिति सदस्य भई आफ्नो पदीय दायित्व सफलतापूर्व निर्वाह गरेकी छन् । बीबीएस् उत्तीर्ण जमुनासँग गार्मेन्ट सम्बन्धी क्षमता छ । उनले यूटुव हेरेर गामेन्ट सम्बन्धी धेरै कुरा सिकेकी हुन् । आफ्नो सीप र क्षमता उनले आफ्नै क्षेत्रमा लगानी गरिहेकी छन् । सधैं हँसिली देखिने जमुनाले रोगको पहाडलाई परिश्रम र पौरखले ढालिन् र आज सक्षम उद्यमी बनेर सबैका माझ उभिएकी छन् ।

उनी भन्छिन्–महिलालाई सबै क्षेत्रमा पहिला बनाउने अभियानमा छु । सबैभन्दा पहिला चाहिने भनेकै आर्थिक अधिकार हो । आर्थिक अधिकारको लडाइँमा अग्रभागमा लडिरहने मेरो सपना अवश्य पूरा हुने छ । हाम्रो अगाडिको बाटो भने कै आर्थिक अधिकारसहितको राजनीतिक अधिकार हो । सकारात्मक चिन्तन,मनन,निरन्तरको परिश्रम र प्रयासले नै वर्तमानमा जमुनाले रोगलाई पछारेकी छन् । उनीसँग अहिले रोगले मुकाबिला गर्न छाडेको छ । राजनीति र पत्रकारिता उनको रहरको विषय हो । राजनीति भनेपछि हुरुक्क हुने जमुनालाई आर्थिक समृद्धिले नै राजनीतिमा टिक्न सकिन्छ भन्ने लाग्छ । पत्रकारिता रहर मै गयो उनको । उनका फेसबुकका वालहरुमा फोटो क्याप्सनसँगै पत्रकारिताका केही खुबीहरु देख्न र हेर्न पाइन्छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु ४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ? तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी