ताजा अपडेट »

लकडाउनको प्रभाव र दीर्घकालीन सोँच

सोमबार, १७ चैत्र २०७६, १८ : ११
12 Shares



सरकारी स्वामित्व र नियन्त्रणबाट टाढा रहि निजी क्षेत्रबाट प्रतिष्प्रधात्मक ढङ्गले आर्थिक क्रियाकलाप ब्यापार ब्यवसाय गर्नु नै आर्थिक उदारीकरण हो । सन् १९३० को विश्वब्यापी मन्दिले विश्व अर्थतन्त्रको (खम्बा) पीलर हल्लिरहँदा विश्व अर्थतन्त्रलाई उँचो बनाउन अन्र्तराष्ट्रिय मुद्रा कोषले सन् १९८० मा आर्थिक संरचना समायोजन कार्यक्रम सञ्चालन गरेसँगै सन् १९९० बाट विश्व ब्यापार संगठनबाट विश्वब्यापीकरणको सुरुवात भई स्वतन्त्र व्यापार, खुला आकास नीति, पूजीँबजार विकास, आर्थिक वृदि गर्न निजी क्षेत्रको सहजकर्ता, उत्प्रेरक भई सरकारले भूमिका खेल्न सुरु गर्यो ।

विश्वब्यापीकरणले संसारको बजार विस्तार गर्न भन्सार महशुल न्यूनिकरण देखि उत्पादनमा विविधिकरण ल्याउन पहल गर्न थाल्यो । विश्वब्यापीकरण पूर्वको तुलनामा विश्वब्यापीकरण पश्चात् आयातको अनुपात डरलाग्दो रुपमा वृदि भइरहेको देखिन्छ । बैदेशिक ब्यापार साथै विभिन्न देशहरुसँग सम्वन्ध स्थापित भइरहँदा फाइदा–बेफाइदा दुबै हुन्छन् । र हुने ती बेफाइदाहरुलाई पनि सकरात्मक तरिकाले दीर्घकालीन सुधार गर्ने हो भने पक्कै भावी पुस्ताले समृद्ध नेपाल देख्नेछन् । अहिलेको अवस्था हेरिरहँदा निर्यात र आयातको अनुपात करिब १ः१५ रहेको देखिन्छ । हामी सजिलै बुझ्न सक्छौँ आयातमा निर्भर भएर बाचिरहेका छौ ।

हामी अरुमा परनिर्भर हुन लाग्यौँ यसै भनिरहँदा एक पटक त्यो वि.सं. २०७२ को नाकाबन्दी याद गरौं र विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको कारणले वि.सं–२०७६ को लकडाउनको अवस्था मनन गरौं । केहि दिन नाका बन्द भइरहँदा नेपालमा उपभोग्य वस्तुहरुको हाहाकार मच्चिन्छ यतिसम्म की गास,बास, कपासको नै खडेरी लाग्छ । आखाँ बन्द गरेर सबै नेपालीले एक पटक साँेच्ने सरकारले दीर्घकालीन कृषि रणनीति, ब्यापार रणनीति तर्जुमा कार्यन्वयन गर्दै बजारको विस्तार गरेमा पक्कै भोकमरीले मर्नुपर्ने अवस्था हँुदैन । देशमा अन्नका भण्डार घडेरीको रुपमा बाझिरहँदा, संजीवनको तेल प्रशोधनमा ध्यान नदिँदा,अनेक खानीहरुको अन्वेषण नगरीदिदाँ कहिलेसम्म अरुमा परनिर्भर रहने भन्ने कुराको विश्लेषण गरिनु र समयमा सोँच्न पर्दछ ।

अहिले कोरोना संक्रमणले पनि विश्वको अर्थतन्त्रमा ठूलो हलचल गराइरहेको छ । यही अवस्था केही समयसम्म रहयो भने हाम्रो देशमा उपभोग्य वस्तुको हाहाकार हुन्छ । हाम्रो आयातको मुख्य देश भारतमा अलिकति मुल्य वृदि भईरहँदा हाम्रो देशलाई के कति असर पर्छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । अहिले नेपालमा पहिलो चरणको ७ दिनको लकडाउन सकिदै गर्दा दोस्रो चरण ८ दिन लकडाउन गर्ने भने मन्त्रीपरिषद्को निर्णय भयो । यस्तो हुँदैगर्दा लकडाउनले अल्पकालीन साथै दीर्घकालीन नकरात्मक प्रभाव पारिरहेको छ । नेपालमा गरिबीको ब्यापकता बिद्यमान छ । जसले दिनभर मजदुरी गरेर साँझ बिहानको गास पाउने गर्दथ्र्यो उसलाई प्रत्यक्ष रुपमा कठिनाई भइरहेको छ । तर, केही हदसम्म सोच्ने गराएको छ जसले दीर्घकालीन रुपमा फाईदा हुने पनि देखिन्छ ।

बाँझिएका जमिनमा खेतिपाती गर्ने, सरकारद्वारा कृषि नीति तर्जुमा गरी अनुदान तथा अन्य सहयोगहरु गर्ने बैदेशिक रोजगारमा गएका जनशक्तिलाई देशमा नै केहीगर्न सक्ने वातावरण विकास गर्ने गरेमा पक्कै पनि नाकाबन्दी, लकडाउन जस्ता संकटले त्यती फरक नपार्न सक्छ । यसो भन्दै गर्दा लकडाउन जस्ता समय आउँदा आफ्नो देशमा नै गास, वास,कपासको सवैसुलभ भईरह्यो भने गरिवी न्यूनीकरण गर्दे कठिनाइबाट बच्न सकिन्छ । लकडाउन एउटा कठिनाई त पक्कै हो । तर आज यो कठिाई भइँरहँदा सक्दो सुधार गर्न खोजेमा भोलीको दीनमा सहज हुन सक्छ । कोरोना भाइरस छिट्टै संसारबाट नै बिदा होस् । सबैले लकडाउनको पालना गरौँ आत्मबल नगुमाऔँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।