ताजा अपडेट »

बुटवलमा आइसोलेशनमा मृत्यु भएका व्यक्तिलाई कोरोना नभएको पुष्टि

सोमबार, १७ चैत्र २०७६, १५ : ३२
8 Shares

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालले एक विज्ञप्ति जारी गरि जानकारी गराएको छ । गत चैत-१३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय थापाको हिजो दिउँसो मृत्यु भएको थियो ।

चैत्र ६ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको जस्तै लक्षण देखा परेपछि १३ गते क्वारेन्टाईन ल्याईएको थियो । दुबईमा ट्याक्सि ड्राइभरका रुपमा काम गर्ने उनलाई सुरुमा स्थानीय मेडिकलमा उपचार गराए पनि निको नभएपछि क्वारेन्टनइन ल्याइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।