ताजा अपडेट »

कोरोनालाई मिलेर यसरी जितौं

सोमबार, १७ चैत्र २०७६, १३ : २०
30 Shares

स्थानीय सरकार नगरपालिका र गाँउ पालिका अन्तर्गतको वडा अध्यक्षको अगुवाइमा टोल समितिहरू मार्फत सामाजिक दुरि SOCIL DISTANCE कायम गर्न हरेक वडालाई २०–३० घरको युनिटमा बिभाजन गर्ने ।
हरेक युनिटमा भरपर्दो टिम लिडर घोषणा गर्ने वा टोल समितिहरू प्रयोग गर्ने ।
टिम लिडरले टोली नेता आफुसहित पाँच जनाको आवश्यकता हेरि बनाउने ।हरेक टोलमा COVID -19 एक्सन टिम बनाउने र मेसेन्जर समुह बनाउने । यो टिम (समुह) ले चार R को काम गर्छ ।
१) पहिलो R = RECORDS, रेकर्ड
वडा भित्रको टोलमा रहेको घरको हरेक सदस्यको विवरण (नाम, उमेर, लिङ्ग, कहिलेदेखी टोलमा बसेको र भर्खरै यात्रा गरेको भए कैफियत सहित) तथ्याङ्क राख्ने ।

२) दोश्रो R = RECOGNIZE, रिकग्नाइज
(पहिचान) सम्भावित लक्षण, जोखिमका परिवार, अन्य आवश्यकता, आपूर्ती (बालबालिका, बुढाबुढी उमेर र गर्भवती तथा बिरामी ) छ, छैनन् पहिचान गर्ने र तथ्याङ्क राख्ने ।

३) तेश्रो R = REGULATE रेगुलेट
(परिचालन) लकडाउनको बेलामा भित्र बस्ने, सरसफाइ, जानकारी प्रबाह र सामाजिक अनुशासन अनुशरण, सार्वजनिक स्थल (धारा, पसल आदीमा जाने पालो बनाउने)

४) चौथो R = REPORT रिपोर्ट
सम्भावित लक्षण देखापरे तुरुन्त रिपोर्ट गर्ने, तथ्य रिपोर्ट गर्ने (सम्बधित ठाउँमा) र प्रेषण गर्ने अनि स्वास्थ्य अवस्था बुझ्ने र त्यसको तथ्याङ्क राख्ने ।

यी माथिका चार R को योजना तत्काल लागु गरेर हामीले सम्भावित संक्रमणको साङ्लो तोड्न मद्दत गर्न सक्छौ र लकडाउनका साथै यो ब्यबस्था तुरुन्तै मिलाउन सबै स्थानीय सरकार (गाउँपालिका तथा नगर पालिका) लाई सबैले अनुरोध गरौ। सबै यो माहामारीको जालोबाट जोगिआौं ।
यो बिषयमा अत्यन्तै गम्भीर बनौ । आफु पनि बाचौ र अरुलाई पनि बचाऔ । यस विषयमा ध्यान नपुर्याउने हो भने संक्रमण फैलिएपछी हामीसँग समय र सुबिधा हुने छैन् । बेलैमा सचेत रहौ ।
एकले अर्कालाई सहयोग गरौ । सबै सहयोगी र सकरात्मक बनी देश र सरकारप्रति उत्तरदायी बने मात्र अहिलेको अवस्थाबाट पार लाग्न सक्छौ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।