ताजा अपडेट »

असार मसान्तसम्म ऋण र व्याजमा सहुलियत दिन राष्ट्रबैंकको निर्देशन

सोमबार, १७ चैत्र २०७६, ०९ : २८
2 Shares

बुटवल । विश्वको अधिकांश देशमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।बैंकले कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारेको छ । राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । उनले भने ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन’।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने रकम नेपाल सरकार तथा प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खर्च गर्न पाउने राष्ट्र बैंकले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।