May 16, 2022
भैरहवा । प्रधानमन्त्री के.पी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यतिबेला सरकारको विरोध गर्ने बेला नभएको बताएका छन् । उनले सरकारका मन्त्रीहरुमाथि अनाहकमा जनतामा भ्रम फैलाउने ढंगले पालैपालो नियतबश आक्रमण भइरहेको भन्दै त्यसको कडा अलोचना समेत गरेका छन्। थापाले भने , ‘खासमा यो व्यक्ति विशेषभन्दा नेकपा माथिको “गजेटेड“ दलाल र भ्रष्टहरूको हमला हो ।’ उनंले देशलाई बिकृति र बेथितिको दलदलमा पुर्याउनेहरूको दुष्ट र अपराधिक हमला यतिबेला मन्त्रीमाथि परेको आरोप लगाए । उनले भने ‘तिनले भ्रष्टाचारको कथा आफै लेख्छन्, आरोप आफैले लगाउँछन, भ्रष्टाचारी आफैले करार गर्छन् र रिस उठ्नासाथ त्यस्तो पगरी लगाइदिन्छन् ।’
नेकपाका प्रचार विभागका उपप्रमुख समेत रहेका थापाले तत्कालिन पर्यटनमन्त्री स्वर्गिय रबिन्द्र अधिकारीदेखि बहालवाला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सम्मलाई नियोजित रुपमा विरोधीहरुले लखेटिरहेको आरोप लगाए । उनले भने , ‘रवीन्द्र अधिकारीलाई केही निर्णय नै नगरेको तथाकथित वाइडबडीको प्रपंचमा बदनाम गर्न लखेटियो, उहाँलाई जीवनपर्यन्त एकथरि दुष्टहरू लखेट्न लागिपरे । गोकुल बाँस्कोटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूठ (डीप फेक) को प्रपंचमा परे । निशाना बनाइनुभयो । गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारको कृत्रिम संकटको लखेटाइमा परेर पनि डा. युवराज खतिवडा बल्लबल्ल जोगिनुभएको छ । तर, निशाना निरन्तर सोझिरहेकै छ !’
थापाले योगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै योग्यता र पौरखमा नर्सिङ काउन्सिलको रजिस्टार हुनुभएकी श्रीमती विन्दा घिमिरेविरूद्द जालसाजी गर्ने अपराधिक प्रयाश भयो, तर त्यस नियोजित कृत्यको कुनै पार चलेन भन्ने तर्क गरेका छन् । खरो स्वभाव र कडा टिप्पणीको कारण बारम्बार मिडीयाको केन्द्रमा परिरहने थापाले कोरोना महामारीविरूद्द अहोरात्र खटिरहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पाएिको तर्क गरे ।
उनले भने ‘अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मौज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयको खरिदमा नाजायज हालीमहाली र सेटिङ चलाएर बसेकाहरूको शहरमा कोलाहल छ । तिनीहरू एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीको उपचार गर्छन् भनेर उचाल्छन् । जो हो कि जस्तो सुनिन्छ ! अर्काे दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ ? सरकारले सारा व्यवस्था गर्नुपर्दैन ? भन्दै उफ्रन्छन् ! तेस्रो दिन अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किदा तेर्साइएको क्यामेरासँग नबोलेर पाहुना आएका हुनाले हतारमा छु भनेको एउटा अंश टिपेर हुर्मत लिन्छन् ! जबकि जहाँ पायो त्यहाँ बोल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन । नो बाइट भन्न मज्जाले पाइन्छ । चौथो दिन स्वास्थ्य सामग्री नल्याउने ? भनी तिनैले आगो बाल्छन् । पाँचौ दिन जहाज समग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन् ( २० करोड भ्रष्ट्राचार भनेर ! कठै तिम्रो मनोदशा ? कति दयनीय हर्कत ? सबै तिमीहरूजस्तै त होइनन् र पक्कै त्यस्ता छैनन् नै ।’
थापाले यति ठूलो राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्रो जालझेल ? भन्दै नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भई नलडे यो षडयन्त्र र घेरा हालेर अप्ठेरोमा पारी मार हान्ने रवैया निरन्तर जारी रहने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । ‘अहिले आफूबाहेक अरू, सरकार संचालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हो भनेर खुच्चिङ कसैले नगरे हुन्छ ।’ उनले भने ।
प्रतिकृया दिनुहोस्