५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

बुटवल । कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ।

Advertisement

अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ। अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ। संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन।

इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ। ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ। संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ। जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ। त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु