ताजा अपडेट »

तुलसीपुरमा कोरोना व्यवस्थापन कोषका लागि ५० लाख, विपन्नलाई घरमै खाद्यान्न

आइतबार, १६ चैत्र २०७६, २१ : ५४
6 Shares

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि विशेष कोष बनाएको छ । कोरोना संक्रमणको प्रकोपलाई लक्षित गरेर व्यवस्थापनका विभिन्न काम गर्नका यस्तो कोष वनाइएको उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । नगरप्रमुख पाण्डेले क्वारेन्टाइन व्यवस्थापन, अौषधि उपचार, विपन्नलाई खाद्यान्न लगायतका विभिन्न कामका लागि यस्तो कोष वनाइएको जानकारी दिए ।

“तुलसीपुरमा कोरोना लक्षित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन र राहत वितरण गर्नका लागि यस्तो कोष वनाईएको हो ” तुलसीपुरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा उपमहानगरपालिकाले ५० लाख रुपैयाँ राखेर कोष स्थापना गरेको हो । कोषमा सहयोग गर्न चाहने जो कोहीले पनि इन्भेष्टमेन्ट बैंकमा रहेको मेयर विपद् व्यवस्थापनको खाता नम्बर ०३१०१०४०२५१८६० मा सहयोग गर्न सक्ने पनि उनले जानकारी दिए ।

यसैबीच उपमहानगरपालिकाले विपन्नको पहिचान गरेर २५ किलो चामल, १ किलो नून, १ लिटर तेल र १ किलो सोयाविन उपलब्ध गराउने भएको छ । तुलसीपुर फुड बैंक स्थापना गरेर यस्तो कामलाई निरन्तरता दिइनेछ । लकडाउनका कारण खान नपाएका अति विपन्न परिवारलाई वडाध्यक्षको सिफारिसमा यस्तो राहत वितरण गरिने भएको हो । “ विपन्नको पहिचान, छनोट र राहत वितरण सबै वडाले नै गर्ने छ ” नगरप्रमुख पाण्डेले जानकारी दिए ।

यसका साथै उपमहानगरपाालिकाले विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर औषधि छर्कने भएको छ । औषधि छर्कनका लागि पनि वडाध्यक्षकै सिफारिसमा काम अगाडि वढाइने भएको हो । उपमहानगरपालिकाले भारत लगायत विभिन्न देशबाट आएकाहरुको खोजिलाई निरन्तरता दिने भएको छ । अहिलेसम्म २ सय ८१ जनाको खोजि भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।