ताजा अपडेट »

स्वदेशी कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्न मञ्चको आग्रह

आइतबार, १६ चैत्र २०७६, २१ : ४५
4 Shares

बुटवल । उपभाेक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर ५ ले नेपाल लकडाउनको अवधिमा स्वदेशी कृषि उत्पादन बजारमा पुर्याउन नसक्दा कृषकहरु मारमा परेकाे जनाउदै उचित बजारिकरणका लागि सरकारलाई आग्रह गरेको छ । अध्यक्ष तेजकुमार पाठकद्वारा आईतबार जारी एक प्रेस विज्ञप्तिमा अहिले काेराेना भाइरस काेभिड-१९ काे संक्रमणकाे समयमा बेलहिया नाकाबाट ठूलाे परिमाणमा अालु, प्याज, टमाटर, भिन्डी लगायतका तरकारी अायात भए पनि स्वदेशी उत्पादन अस्वभाविक लकडाउनमा परेको उल्लेख गरिएको छ । 'स्वदेशी तरकारी उत्पादन अस्वभाविक लक डाउन भएकाे कारण त्यत्तिकै सडेर जाने अवस्थामा पुगेकाे हुनाले लक डाउनकाे समयमा सुरक्षित आपूर्तिकाे लागि प्रदेश सरकार तथा स्थानीय सरकारसँग माग गर्दछौ ।' -विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वदेशी उत्पादनलाई अवरुद्ध गरी विदेशी तरकारी फलफूल आयात गरी केही व्यापारीहरुले मिलिमताेका आधारमा एकाधिकार गरेकाे आराेप लगाउँदै विज्ञप्तिमा यस्ताे संवेदनशील अवस्थामा प्रदेशनम्बर ५ काे कृषि मन्त्रालयकाे समन्वयमा स्थानीय सरकारहरुले आपूर्तिकाे लागि कृषि उपज खरिद र भण्डारण गरी सहज रुपमा आपूर्ति गर्न सुझाव दिइएको छ ।

'अहिले काेराेना भाइस (काेभिड-१९ ) काे विश्व संक्रमणकाे चुनाैतीमा भारत लगायत अन्य मुलुकबाट आएका मानिसहरुकाे लगत निकाल्न उनीहरुलाई स्वक्वारेन्टाइन तथा स्वआइशाेलेशनमा बसाल्न सक्रियपूर्क लाग्नुपर्ने देखिन्छ । याे गर्न ढिला भइसकेकाे छ । त्यसरी नै सरकारले आव्हान गरेकाे लक डाउन इमान्दारपूर्वक सफल बनाउन सबै जनता लाग्नकाे लागि अनुराेध गर्दछौ।'-विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मञ्चले यस्ताे संवेदनशील क्षणमा मित्र राष्ट्र तथा संघीय सरकारबाट आउने सहयाेग सामग्री पीपीई, मास्कलगायतका सामान वितरण गर्दा सराेकारवालाले पाउन सक्ने गरी पारदर्शी व्यवस्थापन गर्न पनि माग गरेको छ । सङ्क्रमणका कारण ओपिडी बन्द गर्ने निर्णय भएकाेले विरामीहरु विपदमा पर्न थालेकाे बताउँदै बिना सङ्काेच निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि जानका लागि नचुक्न सुझाव समेत दिएको छ । सरकारले उपचारभन्दा पनि राेग प्रतिराेध क्षमता वृद्धिकाे लागि सरसफाई सीप सिकाउँदै दूध, तरकारी, गेडागुडी माछामासु, फलफुल, सागपात र खाद्यान्न व्यवस्थापन गर्न सक्नु पर्ने उपभोक्ता हित संरक्षण मञ्चले उल्लेख गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।