ताजा अपडेट »

लकडाउन नेपाल : पूर्ण पालन गर्न नेकपा रुपन्देही क्षेत्र नम्बर-१ को अपिल

आइतबार, १६ चैत्र २०७६, १९ : ३९
8 Shares

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देही क्षेत्र नम्बर-१ ले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले आह्वान गरेको लकडाउनलाई सबै जनताले पालना गर्नका लागि अपिल गरेको छ । कमिटीका सचिव गोविन्द पङ्गेनीले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा आउने गरेका भ्रमपूर्ण र जनतालाई भयवित बनाउने सूचना तथा अडियो भिडियोबाट समेत सचेत रहन आग्रह गरिएको छ । भरपर्दो र विश्वसनिय सुचनालाई मात्र विश्वास गर्दै त्रासमा नआउनका लागि आग्रह गरिएको ।

लक डाउनको अवधिमा गरिव तथा विपन्न वर्गका घरमै राहतको व्यवस्था मिलाउनका लागि सरकार तयार रहेको जानकारी गराउदै क्षेत्र नम्बर १ का संयोजक यज्ञ गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै जनतालाई सजग रहेर सरकारले आह्वान गरेको लकडाउन अवधिमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कनकना लागि आह्वान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।