४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा होराईजन गौतम बुद्ध माबिले १ लाख १ हजार आर्थिक सहयोग गरेको छ । राष्ट्रीय विपदका बेला आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर आर्थिक सहयोग गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कशजुले बताए । उनले कोषमा जम्मा भएको रकम पारदर्शी रुपमा समयमै लक्षित बर्ग सम्म पुर्‍याउन पनि आग्रह गरे ।

Advertisement

त्यस्तै विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले यस्तो संकटका बेला आ-आफ्नो ठाउबाट आफुसक्दो सहयोग गरेर प्रकोप ब्यावस्थापनमा स्थानिय सरकारसंग हातेमालो गर्न सबैलाईआग्रह गरे ।

नगरपालिकाको आह्वानसँगै सो कोषमा बिभिन्न व्यक्ति, संघ—संस्था, विद्यालय, सहकारीले सहयोग गरेका छन् । कोषमा अहिले १ कारोड बढि रकम जम्मा भईसकेको नगरपालिकाले जनाएको छ । कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए । प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उनले प्रष्ट पारे।

कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले २७ जना बसेका छन् । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन वितरण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर दाङको गढवा गाउँपालिकामा माओवादीका शर्मा विजयी २७,४३८ मतगणना हुँदा भरतपुरमा रेनु १७१२ मतको अग्रता प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु