ताजा अपडेट »

तुलसीपुरको कोरोना विशेष अस्पतालमा रहेका १५ जना घरमै क्वारेन्टाइनमा बस्ने

आइतबार, १६ चैत्र २०७६, १६ : ३७
12 Shares

दाङ । तुलसीपुरको कोरोना विशेष अस्पतालबाट भर्ना भएका २४ जना मध्य १५ जनालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ । ६ जनाको भने नमुना परीक्षणका लागि स्याम्पल काठमाडौ पठाइएको छ ।

नमुना परीक्षणका लागि स्याम्पल शनिबार काठमाडौ पठाएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए । अस्पतालमा रहेका मध्य संकास्पद लागेकाहरुको मात्र नमुना परीक्षणका लागि स्याम्पल काठमाडौ पठाएको डा. शर्माले जानकारी दिए । स्याम्पल गाडीमार्फत पठाउनु पर्ने र त्यसमा काठमाडौमा पुगेर पनि लाइनमा बस्नु पर्ने भएकाले रिपोर्ट आउन एक हप्ता लाग्ने अस्पतालले जानकारी दिएको छ । भर्ना भएका मध्य अधिकांश भारत र खाडीमुलुकबाट आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।