December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

रुपन्देहीमा कोरोना आशंका गरिएका एक युवाको मृत्यु

80.9K

बुटवल । कोरोना भाईरसको आंशकामा रुपन्देहीको धागो कारखानामा स्थापना गरिएकाे क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु भएको छ ।कोरोना भाईरसको लक्षण देखापरेपछि गत चैत-१३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना-४ सिसौ डाँडामा बसोबास गर्ने बाबुराम थापा रहेको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन सुदर्शन थापाले जानकारी दिए । उनको श्रीमती र २ छोरा रहेका छन् ।

चैत्र ६ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते क्वारेन्टाईन ल्याईएको थियो । दुबईमा ट्याक्सि ड्राइभरका रुपमा काम गर्ने उनलाई सुरुमा स्थानीय मेडिकलमा उपचार गराए पनि निको नभएपछि क्वारेन्टनइन ल्याइएको थियो । उनको स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको थियो । यस बारे थप बिवरण आउन बाँकी छ ।

global-corona-notice

पछिल्लो अपडेट