२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको संक्रमण देखिएको पुष्टि भइसकेको छ । झलै यहाँ महामारीको रुपधारण गरिसकेको छैन ।

Advertisement

चैत १६ आइपुग्दासम्म उपत्यकामा तीन र उपत्यका बाहिर धनगढीमा दुई गरी जम्मा पाँच व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको भए पनि एक व्यक्ति निको भइ घर फर्किसकेका छन् । बाँकी चार व्यक्तिमध्ये एकको सेती प्रादेशिक अस्पताल धनगढीमा, बाँकी दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक युवतीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

नेपालमा यो रोग विदेशमा रहेका नेपालीका कारण फैलिरहेको छ । यसबाट जोगिन सरकारले जनताको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै एकान्तवासमा बस्न अनुरोध गरेको छ । एकान्तवासम रहँदा व्यक्तिगत स्वास्थ्यलाई विशेष ध्यान, डर, त्रासमा नरही संयमित बन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटक–पटक अनुरोध गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस रोगलाई महामारीको सूचीमा सूचीकृत र विश्व आपतकालीन अवस्थाको घोषणा गरेको समयमा सरकारको आदेश पालन गर्नु जिम्मेवार नागरिकका कर्तव्य हुन्छ ।

सरकारले चैत ११ देखि १८ सम्म आम नेपालीलाई आ-आफ्ना घरमा एकान्तवासमा बस्न आग्रह गरेको हो । सोहीअनुसार झण्डै तीन करोड नेपाली अहिले एकान्तवासमा छन् । प्रहरी अधिकृत विश्वनाथ जिसीका अनुसार एकान्तवासबाट जबर्जस्त बाहिर निस्कन खोज्नु, जाँडरक्सीको सेवन गर्दै मात्तिएर सडकमा हिँड्नु, शान्ति सुरक्षामा खटिएका प्रहरीलाई अटेर गर्नु, एकान्तवासबाट बाहिर गई एकापसमा जम्मा हुनु र जुवातास तथा क्यारिम बोर्ड खेल्नु पनि सरकारलाई अटेर गरेको ठर्हछ ।

धार्मिक ग्रन्थ निर्णयसिन्धुले एकान्तवासमा बस्दा हल्का खानेकुरा जस्तै– फलफूल, सागसब्जी, गेडागुडी, टुसा उम्रेका अन्न, जौँको सातु, अन्नबालीबाट तयार गरिने झोलिलो पदार्थ (सुप) खान सुझाएको छ । एकान्तवासमा बस्दा शारीरिक परिश्रम नपर्ने भएकाले अनावश्यक पोषिलो खाद्यान्न खादा शरीरलाई अनावश्यक बोझ हुने र पचाउन गाह्रो पर्ने भएकाले कब्जियत रोगको शिकारबाट जोगिन हल्का र पचाउन सजिलो हुने प्रकृतिका खाद्यान्न खाना चिकित्सकले सुझाव दिएका छन् ।

शीर मेमोरियल अस्पतालका चिकित्सक डा अमिश कार्कीले कोरोना भाइरस सङ्क्रमण हुँदैमा मानिसको मृत्यु नहुने तर कोरोनाका भाइरसलाई विस्थापित गर्न शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि हुने प्रकृतिका खाद्यान्न खानुपर्ने सुझाव दिनुभएको छ । डा कार्कीले कोरोना सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका उदाहरण दिनुहुँदै रुघाखोकी लाग्दैमा कोरोना हुँदैन, कोरोना लाग्दैमा मानिस मर्दैनन्, यद्यपि डर, त्रास र चिन्ताले आत्मविश्वास गुमाइयो भने मर्नलाई बेर लाग्दैन भन्नुहुन्छ ।

पोषणविद् सुशीलादेवी शर्मा एकान्तवासमा रहँदा शाकाहारी खाना खानु स्वास्थ्यका लागि राम्रो हुने बताउनुहुन्छ । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता ज्याँदा हुने, शाकाहारी खाना छिटो पच्ने, कोल्स्ट्रोल, मधुमेह तथा कब्जियत हुन नदिने जसका कारण मुटु, उच्च रक्तचाप तथा मिर्गोलालाई फाइदा पुग्दछ भन्नुहुन्छ ।

श्वासप्रश्वासबाट कोरोना भाइरस छिटो सर्छ । यस्ले बूढापाक, मधुमेह, मुटुरोगी तथा मिर्गोलाका रोगीलाई तत्काल असर गर्ने भएकाले समेत शाकाहारी भोजन फाइदाजनक हुने बताइन्छ । साथै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति बढाउन कागती, सुन्तला, अमला, गोलभेडा, काउली ब्रोकाउली तथा झोलिलो पदार्थ प्रशस्त खान चिकित्सकहरुले थप सुझाव दिएका छन् ।

डिसेम्बरको अन्तिम दिन चीनको वुहान शहरमा पहिलोपटक नयाँ भाइरस भेटिएको चिकित्सकहरुले चीन सरकारलाई जानकारी गराइएका थिए । जनवरी–३ मा ४४ व्यक्तिमा यो रोग एकैपटक देखिएपछि जनवरी ७ बाटै चीन सरकारले उपचारमा तदारुकता देखाउँदै बिमारीलाई आइसोलेसनमा राखेर उपचार शुरु गर्‍यो । सङ्क्रमण देखिएको सात दिनमै चीनले कडा सुरक्षाका बीच वुहान लकडाउन गरेर उपचार थाल्दा बेइजिङ, साङ्घाई, गुयोन्जडोङमा कोरोना फैलिसकेको थियो । फलस्वरुपः चीनले कडा रूपमा जनतालाई निगरानीमा राख्यो र त्यहाँ जनताले सरकारको आदेश पूर्णरूपमा पालना गरेअनुसार हाल चिनियाँ जनतामा नयाँ कोरोना भाइरस देखिएको छैन । हाल चीनमा देखिएको नयाँ सङ्क्रमण चिनियाँ जनतामा नभई अन्यत्रबाट आएका नागरिकमा देखिएको हो ।

डब्लुएचओले जनवरी ११ र १२ मा चीनको स्वास्थ्य आयोगसँग परामर्श गर्दा आयोगले वुहानस्थित सामुद्रिक खाद्यान्न बिक्री केन्द्रमा भेला भएका ग्राहकमा कोरोना भाइरस देखिएको हुनसक्ने अनुमान गरेका थिए । कोरोना भाइरस फैलिएको २३ दिनपछि अर्थात् जनवरी २३ मा डब्लुएचओले स्वास्थ्य आपतकाल घोषण गर्दासम्म विश्वमा सतर्कता र सावधानीको सन्देश प्रवाह भइसकेको थियो ।

यद्यपि यस अवधिमा इटाली र अमेरिकामा सरकारको सन्देशलाई अवज्ञा गरेकै कारण अहिले त्यहाँ कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिरहेको डब्लुएचओले दाबी गरेको छ । मार्च २६ तारिखमा एशियाका धेरै चिकित्सकले अमेरिकालाई सावधानी अपनाउन अमेरिकी राष्ट्रपतिलाई खुलापत्र लेखेका छन् । सरकारको निश्चित आदेशलाई पूर्ण रूपमा पालन गरेकै कारण शुरुमै कोरोना भाइरसको सङ्क्रमण देखिएका देशहरु क्रमशः थाइल्याण्ड, जापान र गणतान्त्रिक कोरियामा नयाँ सङ्क्रमण नगन्य देखिएको छ ।

कोरोना भाइरस महामारीकै रुपमा फैलिरहेको छ । मार्च २९ ९आज० तीन हजार ५०७ को मृत्यु, ६६ हजार ६०१ नयाँ सङ्क्रमण, २५ हजार ४१२ को अवस्था चिन्ताजनक देखिएको तथ्याङक वर्ल्ड मिटरले सार्वजनिक गरेको छ । वल्र्डमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञसमूह सहभागी रहेको संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्ने गर्दछ । –राजाराम कार्की/घटना र विचार डटकम

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै