६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बुटवल । कोरोना भाइरसका कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन्। त्यसैगरी अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन्।

Advertisement

सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अहिले पनि ९० हजारभन्दा बढी संक्रमित छन्।
उता, अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या २ हजार नाघेको छ। सीएनएनका अनुसार शनिबारसम्ममा त्यहाँ २ हजार १० जनाको मृत्यु भएको छ। बिहीबारसम्म यो संख्या १ हजार थियो। त्यसैगरी कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ६ सय ८८ पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार भने २०१ मुलुकमा फैलिएको कोरोना भाइरसबाट शनिबारसम्ममा २६ हजार ६ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७५ हजार ४ सय ४४ जना संक्रमित छन्।

स्पेनी राजकुमारी टेरेसाको भाइरसका कारण मृत्यु

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको हो। उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण मृत्यु भएको हो। मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ। अर्कातिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। 

कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्। 

प्रतिकृया दिनुहोस्

Flash News

५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए