ताजा अपडेट »

हिउँदे वर्षाले कृषक उत्साहित

शनिबार, १५ चैत्र २०७६, २० : १५
22 Shares

गुल्मी । हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहति भएका छन् । गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहति बनाएको हो । जिल्लाका विभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका हुन् । पछिल्लो समययता गहुँखेतीर्फ कृषकहरु आर्कर्षित नभइरहेको बेला यस वर्ष भने गहुँ उत्पादन बृद्धि हुने भएपछि कृषकहरुलाई उत्साहित बनाएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ का गहुँ कृषक कृष्णप्रसाद भण्डारी गहुँ उत्पादन वढ्ने भएपछि हर्षित भएका छन् । यतिबेला वस्तु स्थित छल्दी फाँटमा गहुँ वालि देख्न सकिन्छ । अधिल्लो वर्षको तुलनामा पर्याप्त मात्रामा हिउँदे वर्षात भएपछि गहुँ उत्पादन बढ्ने कृषक कृष्णप्रसाद भण्डारीले बताए । अनुदान मार्फत पाएको बिउँबाट ४ रोपनी जमिनमा गहुँवाली गर्नु भएका कृषक भण्डारीले ०६७ सालबाट गहुँ खेती गर्दै आएका हुन् । जिल्लामा उत्पादन भएको गहुँ स्थानिय स्तरमै बिक्री हुने गर्दछ । जिल्लामा पछिल्लो समय यता बजारमा पाइने प्याकिङ्ग आटा पाउन थालेसँगै पहिलेको तुलनामा गहुँखेती गर्न कृषकहरु उत्साहित छैनन् ।

उत्पादन योग्य जमिन पनि बाँझै छोडेर बजारमा पाइने गहँुको आटा किन्ने गर्नाले गहुँ खेतीगर्ने कृषक कम छन् । समयमा वर्षातसँगै मल बिउ राम्रो परेकाले यसवर्ष गहुँ उत्पादन वढ्ने कृषकहरु बताउछन् । गएको वर्ष ०७५/०७६ मा जिल्लामा ७ हजार ७ सय ४० हेक्टर क्षेत्रफमा गहुँ खेति गरिएकोमा १७ हजार १ सय ९० मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यस वर्ष पनि ७ हजार ७ सय २३ हेक्टर क्षेत्रफमा गहुँ खेति गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा बिशेष गरि जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौर लगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ । जिल्लामा गहुँ उत्पादन दर बृद्धि भएपनि उत्पादन गर्ने कृषकको संख्यामा कमी हुदै गएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।