ताजा अपडेट »

सिद्धार्थ बैंक प्रदेश ५ द्वारा कोरोना संक्रमण रोकथाम कोषमा १० लाख सहयोग

शनिबार, १५ चैत्र २०७६, १७ : ५०
2 Shares

बुटवल । बिश्वमै महामारीको रुपमा देखापरेको कोरो भाईरस विरुद्ध लड्नका लागि सरकारले खडागरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सिद्धार्थ बैंक लिमीटेड प्रदेश ५ले दशलाख रकम सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट प्रदेश ५ का प्रमुख सुशिल नेपाल, बुटवल शाखा प्रमुख चन्द्रदेव पौडेल तथा भैरहवा शाखा प्रमुख जिवन घिमिरेले संयुक्त रुपमा प्रदेश-५ का मुख्य मन्त्रि शंकर पोख्रेललाई सो रकम हस्तान्तरण गरेका हुन । सो अवसरमा बोल्दै बैंकका प्रदेश ५ प्रमुख सुशिल नेपालले वित्तिय संस्था सेवाग्राही र राष्ट्रप्रति उत्तरदायि रहेको भन्दै राष्ट्रलाई अफ्ठेरो परेको समयमा संस्थाको तर्फबाट सक्दो सहयोगको प्रयास गरेको बताए ।

राष्ट्रमा विपद परेको बेला बैंकले प्रदेश स्तरबाट गरेको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्रि पोख्रेलले सबैले सहयोग गरी संयमित भएर जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न आग्रह गरे । हस्तानतरण कार्यक्रममा सत्तारुढ दल नेकपा प्रदेश ५ का सचेतक भुमिश्वर ढकाल, समाजसेवी शोभाकान्त पाण्डे लगायतको उपस्थिती थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।