ताजा अपडेट »

लायन्स क्लब अफ शंकरनगरद्वारा पिपिई र इथाइल सहयोग

शनिबार, १५ चैत्र २०७६, १६ : ३१
4 Shares

तिलाेत्तमा । लायन्स क्लव अफ शंकरनगरले शनिबार लुम्बिनी प्रादेशिक अस्पताल र शंकरनगर दुर्गादत्त क्वारेन्टाइन कार्यालयलाई १० सेट पीपीई र ५० लिटर इथाइल स्प्रे वितरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएकाे कोराेना भाइरस संक्रमण नियन्त्रणका लागि क्लवका निवर्तमान अध्यक्ष श्रावण कुमार जैसवालकाे संयाेजकत्वमा सहयोग हस्तान्तरढ गरिएकाे हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईकाे उपस्थितीमा दिपेश कँडेलको सञ्चालन तिलोत्तमा वडा नं १ र २ का अध्यक्ष द्वय तामनथ पाण्डे र दधिराम पाण्डेकाे उपस्थितीमा सहयाेग हस्तान्तरण गरिएकाे थियाे । डिष्ट्रिक्ट सेकेण्ड भाइस गभर्नर राम प्रसाद भट्ट, को चिफ एडभाइजर उमंग देवकोटा र लायन प्रकाश आत्रेयको पहलमा क्लबका सदस्यहरुबाट संकलित सहयोग हस्तान्तरण गरिएको हो । संकलित सहयोग सामाग्रीको ढुवानी सौजन्य क्लवका पूर्व अध्यक्ष प्रमेश सिंह क्षेत्रीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।