४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

न्यूयोर्क । न्यूयोर्क यतिबेला सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । विहीबार मात्र त्यहाँ ८५ जनाको मृत्यू भयो । अहिलेसम्म ४० हजार मानिस न्यूयोर्कमा मात्र कोरोना संक्रमित छन् ।

Advertisement

हालत यति खराब हुँदै गइरहेको छ कि स्थानीय प्रशासनले सेना बोलाउनुपर्ने अवस्था छ । यो शहरमा १०० भन्दा बढी अरबपति बस्छन् । व्यवस्थित भनिने अमेरिकाको यो शहरका अस्पतालमा बिरामी यति धेरै आउन थाले कि अब अस्पतालमा बेड नै खाली छैनन् । भेन्टिलेटरको अभाव त्यस्तै छ । कुनै कुनै अस्पतालले त दुईजना बिरामीलाई एउटै भेन्टिलेटरबाट काम चलाइरहेका छन् ।

त्यहाँ कार्यरत चिकित्सक मार्को गरोनले ट्वीट गर्दै यस्तै एक तस्बिर पोस्ट गरेका छन् । उनले भावुक हुँदै लेखेका छन्, ‘डाक्टरको सामु यो द्विविधा छ कि कसलाई भेन्टिलेटरको सुविधा दिने र कसलाई नदिने ? जबकि साँचो कुरा त सबैलाई यसको जरुरी छ । अब आउँदा दिन थप गम्भीर हुनेवाला छ ।’ यही अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न र औषधिमा प्रशासनले आपतकालको स्थितिमा प्रयोग गरिने उपकरण वेस्परलाई कोरोना बिरामीको लागि उपलब्ध गराउन सुरु गरेका छन् । यो उपकरणबाट एक भेन्टिलेटरबाट चार बिरामीले श्वास लिन सक्छन् ।

अस्पतालमा सुविधाको कमि

सवाल केवल भेन्टिलेरमा मात्र सीमित छैन । अस्पतालको बेड, चिकित्सक, नर्स र आधारभूत उपकरणहरुमा कमि आएको छ । मेडिकल आपूर्तिको कमिका कारण स्वास्थकर्मीहरुले फेसमास्क पनि रिसाइकल गरेर प्रयोग गर्नु परिरहेको छ । कतिपयले त फोहोर फाल्ने झोलालाई पनि मास्कको रुपमा प्रयोग गरिररहेका भेटिन्छन् ।
यतिसम्म कि न्यूयोर्कको अस्पतालमा जहाँ खाली ठाउँ भेटिन्छ, त्यही बेड राख्न थालिएको छ । न्यूयोर्क राज्यको नर्स एसोसिएशनका निर्देशन पैट केनका अनुसार अवस्था यति गम्भीर छ कि बयान नै गर्न सकिँदैन । अस्पतालको कुनाकुनासम्म पनि बिरामीका लागि बेड राखिएको छ । यतिसम्मकि अस्पतालको आसपास सार्वजनिक स्थानलाई पनि कब्जा गर्नुपर्ने अवस्था छ । किनकी धेरैभन्दा धेरै मानिसको ज्यान बचाउन यस्तो गर्नुको विकल्प छैन । बुधबार र विहीबारको बीचमा कोरोना भाइरसबाट मर्ने मानिसको संख्या ३० प्रतिशतले बढेको छ ।
५५ प्रतिशत कोरोनाका बिरामी ५० वर्षभन्दा कम उमेरका
एक तथ्यांकका अनुसार न्यूयोर्क शहरमा आतंक फैलिएको छ कि ५५ प्रतिशत कोरोनाका बिरामी ५० वर्षभन्दा कम उमेकार छन् । यद्यपि, मृत्यू हुने धेरै मानिस ६० वर्षभन्दा बढी उमेरका छन् । यीमध्ये मधुमेह, अस्थमा, क्यान्सर जस्ता रोगी यसमा पर्छन् । १८-४४ वर्षका १६ जना मानिसको मृत्यू भएको छ ।
चिकित्सकको संख्या कम भएपछि न्यूयोर्क विश्वविद्यालयका मेडिकल कलेजले आफ्ना विद्यार्थीलाई समयभन्दा ३ महिना अगाडि नै उत्तीर्ण गर्ने फैसला गरेको छ । ताकि उनीहरुले १ जुलाईबाटै उपचारमा सहभागी हुन सकून् ।

उता सरकार पनि सम्मेलन केन्द्र, रंगशाला, विश्वविद्यालय जस्ता स्थानलाई अस्पतालमा परिणत गर्न बाध्य भएको छ । ज्याकबको जबिटास कन्भेन्सन सेन्टरमा हरेक वर्ष यो समयमा न्यूयोर्क अटो शो हुनेगर्दथ्यो । तर अहिले त्यसलाई सरकारले अस्पतालमा रुपान्तरण गरेको छ । अमेरिकन सेनाले त्यहाँ एक हजार बेडको अस्पताल बनाउन सहयोग गरिरहेका छन् ।

न्यूयोर्कका मेयर बिल डे ब्लासियोका अनुसार न्यूयोर्क जेलबाट ७० वर्षमाथिका जघन्य अभियोग नलागेका कैदीहरुलाई मुक्त गरिँदैछ । किनकी जेलमा कोरोना फैलावटको ग्राफ निकै उच्च छ । दमकलका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण भेटिएको छ ।

३ हजार प्रहरी अधिकारी कोरोना संक्रमित
१७० दमकलकर्मी र यातायात क्षेत्रका २०० भन्दा बढी कर्मचारीमा कोरोना भाइरस संक्रमण भेटिएको छ । एक्लै विहीबार मात्र न्यूयोर्क प्रहरी विभागकाका ३६७४ अधिकारी बिरामीका कारण बिदामा थिए । त्यसमध्ये ३०० जनामा कोरोना पोजिटिभ भेटिएको छ ।

आतंक यति धेरै छ कि मानिस हिंड्न नि मुस्किल हुने गरी भिड हुने टाइम्स स्क्वायर पनि अहिले सुनसान बनेको छ । कोही मानिस नजिकै आउँदैछ भने मानिस भाग्न थालेका छन् । -भास्कर डट कम

प्रतिकृया दिनुहोस्

Flash News

२२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी बुटवल–६ मा नेपाली कांग्रेसको प्यानल विजयी विजय जुलुसमा सहभागी गाडी पल्टियो