ताजा अपडेट »

उच्च सतर्कता अपनाउन भलाई कोषको अपिल

शनिबार, १५ चैत्र २०७६, ११ : ३२
6 Shares

तिलोत्तमा । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आफू मातहतका मजदूर तथा व्यवसायी एवम् आम नागरिकमा अपिल गरेको छ । सरकारले कोरोनाको जोखिम नियन्त्रणको लागि लकडाउन गरेको अवस्थामा घरभित्रै बस्न र सामाजिक दूरी बढाउन पनि कोषले आग्रह गरेको छ ।

कोषका अध्यक्ष दिनेश फुल्लेलले शनिबार विज्ञप्ती जारी गर्दै विषम परिस्थितिमा महामारीजन्य प्रकोपको नियन्त्रण सबैको साझा दायित्व बनेको उल्लेख गर्दै यसका विरुद्ध सरकारले चालेका हरेक कदममा साथ र समर्थन रहने उल्लेख गरेका छन् । हाछ्युँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गर्दै विज्ञप्तीमा सुरक्षाका उपाय अपनाए यसबाट बच्न सकिने उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तीमा विश्वव्यापी रुपमा बढ्दै गएको कोरोनाको संक्रमणलाई लिएर नआत्तिन तर सतर्क हुन आग्रह गर्दै अनावश्यक भ्रम र त्रासबाट भने मुक्त हुन आग्रह गरिएको छ । साथै विज्ञप्तीमा लकडाउनका बेला दैनिक ज्याला मजदूरी गर्नेहरु बढी समस्यामा परेकाले उनीहरुका लागि स्थानीय, प्रदेश र संघीय सरकारले राहत उपलव्ध गराउनुपर्ने माग गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।