४ जेष्ठ २०७९, बुधबार

May 18, 2022


देउखुरी । जिल्ला सूरक्षा समितिको बिहिवार बसेको बैठकको निर्णय अनुसार आइसुलेसनमा राखिएको व्यक्तीलाइ खाना खुवाइने लगाउतका सामाग्री उपलब्ध गराउन प्रयोजनका लागि एक लाख रकम उपलब्ध गराउने लमही नगरपालिकाले निर्णय गरेको छ । शुक्रवार लमही नगरपालिका नगर प्रमुख एवंविपद् व्यवस्थापन समितिका संयोजक कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको लमही नगरपालिकाका पप्रवक्ता बिमबहादुर केसीले जानकारी दिए।

Advertisement

बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीलाइ व्यवस्थापनको लागि लमही नगरपालिकाको तर्फबाट रु पचाँस लाखको राहात कोष स्थापना गर्ने निर्णय गरेको छ । बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीहरुलाइ व्यवस्थापनको लागि लमही नगरपालिकाद्धारा स्थापना गरिएको राहात कोषमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको तर्फबाट पैतिसहजार, नगर उपप्रमुख देबका बेल्वासेको तर्फबाट तिसहजार, वडा नन्म्बर १ का वडाध्यक्ष नुमराज पौडेलको तर्फबाट पच्चिस हजार, २ का वडाध्यक्ष नेपालु चौधरीको तर्फबाट पच्चिस हजार, ३ का वडाध्यक्ष बाबुराम चौधरीको तर्फबाट पच्चिस हजार, ४ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार, ५ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार,, ६ का वडाध्यक्ष गणेशमान चौधरीको तर्फबाट पच्चिस हजार,, ७ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार, ८ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार र ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) को तर्फबाट पच्चिस हजार गरि पचाँस लाखको राहात कोष लमही नगरपालिकाले स्थापना गर्ने निर्णय गरेको प्रपक्त केसीले जानकारी दिए ।

यस्तै राहात कोष खाता संचालन सम्बन्धमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देबका बेल्वासेको संयुक्त दस्ताखतबाट संचालन गर्ने निर्णय गएिको छ । यस्तै बैठकले लमही नगरपालिका क्षेत्रभित्र राहात सहज रुपमा वितरण गर्ने प्रयोजनका लागि अति विपन्न घर परिवार पहिचान र विदेशबाट आएका व्यक्तीहरुको विवरण संकलनका लागि वडा स्तरीय विपद् व्यवस्थापना समिति, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुलाइ परिचालन गर्ने निर्णय गरिएको प्रवक्त केसीले जानकारी दिए। लमही नगरपालिकाका प्रवक्त बिमबहादुर केसीका अनुसार नगर क्षेत्रभित्र रहेका संकास्पद व्यक्तीलाइ राख्नको लागि तिस बेडको देउखुरी बहुमुखि क्याम्पसको भवनमा क्वारेन्टाइन निर्माण गर्ने, मेडिकल व्यवसायीहरुले पसल विहान दश बजेदेखि दिउँसो तिनबजे सम्म मात्र खुल्ला गर्ने निर्णय गरेको थियोे ।

अहिलेको यस संक्रमणकालीन अवस्थालाइ मध्यनजर गर्दै विहान सात बजेदेखि एघार बजे सम्म र दिउँसो तिन बजेदेखि बेलुका ७ बजे सम्म पसल खोल्ने औषधी व्यवसायीहरुलाइ अनुरोध गर्ने र नगर क्षेत्रभित्र रहेका दैनिक उपभोग सामाग्री बिक्री वितरण गर्ने व्यवसायीयहरुलाइ विहान ६ बजे देखि ९ बजे सम्म तिन घण्टा पसल खोल्न अनुरोध गर्ने निर्णय गरिएको छ ।।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर