७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

विश्व यतिबेला कोभिड–२०१९ को संक्रमणबाट प्रभावित भएको छ । सन् २०१९ को अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको यो रोगलाई संयुतm राष्ट्र संघ स्थापना पछिको गम्भिर संकट रुपमा लिएको छ । जुन तथ्यलाई यसका बारेमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानले पनि प्रमाणित गरिरहेका छन् । सन् २०१९को अन्तिम साताबाट फैलिएको यस रोगबाट यो लेख तयार पार्दा सम्म विश्वका १९६ देश र एक अन्तराष्ट्रिय पानी जहाज यस रोगबाट पिडित बनिसकेका छन् । जसमा ४ लाख ५० हजार बढी मानिसहरु पिडित बनेकोमा २१००० भन्दा बढीले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संग्ठनका अनुसार यस रोगलाई पूर्ण रुपमा मानव नियन्त्रित गर्न करिब दुई वर्ष लाग्ने र नियन्त्रणका लागी विभिन्न किसिमका प्रयासहरु भईरहेका छन् । यो माहामारीमा परि ज्यान गुमाउन पुगेका हरेक मृत्य आत्माको चिर शान्तिको कामना गर्दै यो लेखलाई अगाडि बढाउँदै छु ।

Advertisement

कोरोनाका कारणले विश्व अर्थतन्त्रमा निकै नै नकारात्मक असर परेको छ भने शक्तिशाली अर्थतन्त्र भएका देशहरु चीन, अमेरिका, जापान, इटाली, बेलायत जस्ता मुलुकको अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परिरहेको कुरा ति देशको बाह्य तथा आन्तरिक व्यापार पूर्ण रुपमा असफल भएका घटनाले प्रमाणित गरिरहेका छन्। य सैगरी कोभिड–२०१९ को प्रभाव विकासोन्मुख देशहरुमा समेत तिव्र गतिमा परिरहेको छ । यसर्थ यसको प्रभाव विकसित तथा विकासोन्मुख दुबै अर्थतन्त्रमा परिरहेको छ । कोभिड २०१९ को कारणले विश्व अर्थतन्त्र दुई दशक पछाडि धकेलिएको कुरालाई विभिन्न अन्तराष्ट्रिय अनुसन्धानकर्ताले बताइरहेका छन् । कोरोना भाइरसको कारणले विकसित र विकासोन्मख देश बीचको आर्थिक खाडल अझ बढि तिव्र गतिमा बढ्ने पूर्वानुमान गरिएको छ भने विकासोन्मुख देशको आयात तथा निर्यातको अवस्था विकराल परिस्थितीबाट गुज्रिरहेको छ ।

विश्व अर्थतन्त्रमा एक करोड भन्दा बढि मानिसले आफ्नो दैनिक रोजगारी गुमाएका छन् । विश्व प्रसिद्द अन्तराष्ट्रिय उद्योगहरुले आफ्नो उत्पादन क्षमतामा भारी मात्रामा कटौती गरिरहेका छन् । यसैगरी हरेक विकसित र विकासोन्मूख देशले आफ्नो विकास खर्चको रकमलाई रकमान्तर गरी कोभिड २०१९ बाट बच्ने उपायको खोजी गरिरहेका छन् । यस लेखमा यस माहामारीले अर्थतन्त्रमा कस्तो प्रभाव पर्दछ भन्ने विषयमा यस लेखमा विश्लेषण गर्ने प्रयास गरिएको छ । जसमा विभिन्न अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको प्रतिवेदनलाई आधार मानिएको छ ।

. बैंक तथा वितिय सस्थामा पर्ने प्रभाव
कोभिड २०१९ को अत्यन्तै नराम्रो प्रभाव विश्व अर्थतन्त्रमा बैंक तथा वितिय सस्थाले भोग्नु परिरहेको छ । आज संसारका सबै मुलुकका सार्वजकि तथा व्यक्तिगत हरेक कारेवार वितिय सस्थाबाट हुने गरेका छन् । बैंक तथा वितिय सस्थाहरुले विभिन्न क्षेत्रमा गरेको लगानीबाट प्राप्त हुने प्रतिफल सन् २०२० का कुनै महिनामा आएको छैन् । बैंक तथा वितिय सस्थाले आफ्ना बचतकर्ताहरुलाई उनिहरुको बचतको रकम भुत्तानी गर्नुपर्ने बाध्यकारी अवस्था छ । जसका कारणले वितिय सस्थाहरुले आम्दानी र बचत तथा लगानीको बीचमा सन्तुलन कायम गराउन सकिरहेका छैन्न । आम्दानी र बचतका बीचमा प्रतिकुल अवस्था सिर्जना हुदाँ बैंक तथा वितिय सस्था र सरकार स्वंयमले आगामी दिनहरुमा तरलताको अभावको स्थिती सामना गर्नुपर्ने बाध्यकारी अवस्था आउने कुरालाई मुद्राको क्षेत्रमा कार्यरत विभिन्न अन्तराष्ट्रिय संघ संस्थाले प्रक्षेपण गरिरहेका छन् ।

. सार्वजनिक खर्चमा वृद्धि
आज संसारका सम्पूर्ण कोभिड २०१९ पिडित मुलुकले आफ्नो हरेक विकास खर्चमा कटौती गरेर कोरोनाका बिरामीको उपचारलाई प्राथमिकतामा राखेर काम गर्नु परिरहेको छ । जसका कारणले गर्दा ति देशको साधारण खर्चमा वृद्धि आएको छ । भने आकस्मिक रुपमा गर्न परिरहेको यस खर्चले गर्दा देशहरुको विकासात्मक गतिविधि पूर्णरुपमा रोकिएका छन् । विश्वव्यापी महामारीबाट बँच्न विभिन्न प्रकारका अध्ययन, अनुसन्धान गर्न विभिन्न प्रकारका क्रियाकलाप सञ्चालन गर्दा हरेक देशले घाटा बजेटको निमार्ण गर्नु पर्ने र विभिन्न व्यवसायिक प्रतिष्ठानको घाटा पनि सरकारी तवरबाट नै पुरा गर्नु पर्ने बाध्यकारी परिस्थितीका कारणले गर्दा देशको सार्वजनिक खर्च बढिरहेको छ । अर्थतन्त्रमा सरकारी खर्चको मात्रामा आकस्मिक रुपमा वृद्दि हुन जादाँ त्यसले अर्थतन्त्रमा प्रतिकुल भुत्तान सन्तुलन, मुद्रास्फिर्ति, बजार मूल्यमा प्रतिकुलता, समष्टिगत माग र आपूर्ती बिच असन्तुलन, हस्क्षेपकारी विनिमयदर प्रणालीको अभ्यास जस्ताँ मौद्दिक समस्याहरु पनि सिर्जना हुनेछन् ।

३. श्रम र ज्यालादरमा प्रभाव
कोभिड २०१९ को विशेष प्रभाव श्रम र श्रमिको ज्यालादरमा पर्ने पूर्वानुमान गरिएको छ । विशेषगरी पुजीँपति तथा उद्योगपतिहरुले श्रमिकको ज्यालादर निर्धारण गर्दा यस्तो महामारीको समयमा उसको सिमान्त उत्पादकत्वलाई केन्द्रमा राखेर काम गर्ने भएकाले । यो समयमा श्रमिकको वास्तविक ज्याला र मौद्रिक ज्यालादरका बिचमा निकै नै ठूलो अन्तर पैदा हुने गर्दछ । अल्पकालिन समययमा श्रमिकहरुले आफ्नो दैनिक जीवनस्तर सञ्चालन गर्नको लागी कम मौद्रिक ज्यालादरमा पनि काम गर्न बाध्य हुनेछन् । जसबाट लगानीकर्ता वा रोजगारदाताले अनुचित लाभ उठाउने छन् । यसकारण अल्पकालिन समयमा महामारीबाट श्रमिक वर्ग प्रत्यक्ष रुपमा पिडित बन्ने सम्भावना बढिरहेको छ । यसका साथै अल्पकालिन समयमा श्रमको आपूर्र्तीमा आउने कमिका कारणले गर्दा अधिक संख्यामा श्रमिकहरु बेरोजगार भई बस्नु पर्ने विवश अवस्था सिजना हुनेछ । जसको प्रभाव अर्थतन्त्रको समष्टिगत मागका क्षेत्रमा पनि नकारात्मक रुपमा देखा पर्ने गर्दछ । विदेशी मिडियाका अनुसार चिनमा मात्रै ४० लाख रोजगारी गुमेका छन् भने अन्य विकसित तथा विकासोन्मुख दुवै अर्थतन्त्रमा रोजगारी कटौती हुदै गईरहेका छन् । यसका कारण विकासोन्मुख देशहरुमा गरिबीको संकटका रुपमा थप कैयौँ वर्ष सम्म कायम रहनेछ ।

४. लगानी र ब्याजदरका क्षेत्रमा प्रभाव
कोरोना भाईरसका कारणले विश्व अर्थतन्त्रमा विगतमा गरिएको लगानी र निर्धारण गरिएको ब्याजदरलाई पुनः परिभाषित गर्नु पर्ने स्थितीको सिर्जना भएको छ । विश्व अर्थतन्त्रमा सञ्चालन गरिएका विभिन्न नयाँ नयाँ खोज अनुसन्धानमा गरिएको लगानी तत्काललाई स्थगीत गरेर कोरोनाको रोकथाममा गर्नु पर्ने भएको छ । विभिन्न अनुसन्धानमा गरिएको लगानीको ब्याज छुट वा ब्याजको दर न्यून गर्नु पर्ने स्थितीको पैदा भएको जसका कारणले लगानीकर्ताको लगानी फिर्ता आउने सम्भावना कायम रहन्छ । कोरोनाको कारणले गर्दा विश्व अर्थव्यवस्थामा विकास निमार्ण तथा अन्य गतिविधि सञ्चालन गर्नको लागी पैसाको अभाव परिरहेको छ । यसले अल्पकालिन समयमा ब्याजको दरमा वृद्दि ल्याउने गर्दछ जुन आर्थिक विकासको लागी बाधक मान्निछ । वर्तमान समयमा निजी क्षेत्रका लगानीकर्ताहरु एकदमै त्रसित बनेको अवस्था छ । किनकि उनिहरुको वैदेशिक व्यापारको स्थिती कोमामा गएको बिरामी सरह छ । विकासोन्मुख देशले लिएको दुई पक्षिय तथा वहुपक्षिय ऋणको ब्याज पनि तिर्न नसक्ने स्थिस्तीको संकेत यो जैविक संकटले गरेको हुनाले ति देशको अर्थतन्त्र ऋणको पासोमा पनि पुग्न सक्ने भनेर विश्व अर्थतन्त्र जगतमा चिन्तन व्यक्त भईरहेका छन् ।

५. उत्पादकत्वमा प्रभाव
कोभिड–२०१९ को नकारात्मक प्रभाव उत्पादनका क्षेत्रमा पनि परिरहेको छ । विश्व प्रसिद्द उत्पादन कम्पनीहरुले आफ्नो उत्पादन क्षमतामा ५० प्रतिशत भन्दा बढिका दरले कमि ल्याएका छन भने नाइक र एडिडास जस्ताँ कम्पनीले त पूर्ण रुपमा उत्पादन गतिविधि बन्द गरेका छन् । यसरी उत्पादनमा कटौती तथा बन्द गर्नुको मुख्य कारण हरेक प्रकारका यातायातका साधनको सञ्चालनमा लगाइएको अस्थायी बन्देज साथै विकसित तथा विकासोन्मुख देशमा विलासी तथा आरामदायी वस्तुको मागमा आएको कमी एवमं अत्यावश्यक तथा मेडिकल साम्रगीको मागमा आएको तिव्र वृद्धिलाई लिन सकिन्छ ।

अल्पकालिन तथा दीर्घकालीन दुबै समयमा मेडिकल तथा अत्यावश्यक क्षेत्रका उत्पादनले मात्र विश्व अर्थतन्त्रको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्न नसक्ने भएकोले सबै प्रकारका वस्तु तथा सेवाको उत्पादकत्वमा वृद्दि आउनु आश्यक हुन्छ तर कोरोना यि सबै क्षेत्रको उत्पादन क्षमतामा नकारात्मक परिवर्तन ल्याएको छ । अल्पकालिन समयमा उत्पादकले उत्पादनका पिभिन्न साधन स्रोत मध्ये श्रमलाई आफ्नो इच्छानुसार प्रयोग गर्न सक्ने क्षमता राख्ने भएता पनि यो महामारीले विश्व अर्थतन्त्रमा श्रमिकलाई उत्पादन कार्य बाट वञ्चित गराई राखेको छ । जसका कारणले गर्दा विकसति तथा विकासोन्मुख दुवै अर्थतन्त्रले अबका केही वर्ष न्यून उत्पादकत्वको कारणले सिर्जना हुने अन्य संकटहरुको पनि सामना गर्नु पर्ने बाध्यता पनि आउनेछ । विशेषगरी कोरोना भाइरसले उत्पादनका दुवै प्रविधि श्रम प्रधान र प्रविधि प्रधानमा ऋणत्मक योगदान गरेका कारणले विश्व अर्थतन्त्रको उत्पादकत्वमा प्रभाव परिरहेको छ जुन केही वर्ष सम्म कायम रहिरहनेछ ।

६. प्रतिव्यक्ति आयमा प्रभाव
यो महामारीका कारणले गर्दा विश्व अर्थतन्त्रमा नियमित रुपमा सञ्चालित हुन सकिरहेको छैन । त्यसकारण विश्व अर्थतन्त्रमा लगानीका वातावरण बन्द अवस्थामा छन् । जसको कारणले श्रमिकको समष्टिगत मागमा निरन्तर रुपमा कमी आई रोजगारीका अवसरहरु दिन प्रतिदिन बन्द हुदै गई रहेका छन् । सन् २०२० मा विकसित तथा विकासोन्मुख दुवै मुलुकको प्रतिव्यक्ति आय तथा क्रयशक्ति क्षमतामा क्रमश गिरावट आउनेछ र यसले गर्दा विश्वको पुजीँ निर्माणको गतिमा ब्रेक लाग्नेमा दुई मत छैन् । हरेक देशका पुजीँ निर्माणको मुख्य स्रोत प्रतिव्यक्ति आय हो र यस्तो आय जति धेरै हुन्छ त्यति नै बढि पुजीँ निर्माणका आवश्यक शर्तहरु क्रियाशिल हुने गर्दछन् तर यो कोरोना भाईरसले करोडौ मानिसको रोजगारी कटौती गरेको छ भने त्यति नै संख्यामा रहेका व्यक्तिको प्रतिव्यक्ति आम्दानीमा पनि कमी ल्याएको छ ।

७. जनसांख्यिकीय प्रभाव
विश्व मानव सभ्यतालाई निरन्तरता दिनको लागी जनसांख्यिकीय घटनाहरु जन्म, मृत्यु तथा बसाईसराइमा प्राकृतिक बाहेकका अन्य अबरोधहरु आउनु हुदैन तर यो महामारी सुरुमा प्राकृतिक रुपमा रहदै मानविय प्रयास बाट नियन्त्रण गर्न नसकिएको कारणले गर्दा यसले सम्रग मानव सभ्यता माथी नै चुनौति पेस गरेको छ । यति मात्र नभई कोरोना भाईरसले मानिसरुलाई मनोवैज्ञानिक रुपमा पनि आक्रान्त पारेको कारणले गर्दा मानव सभ्यतालाई दिगो बनाउन आवश्यक सन्तान पुनः उत्पादन गतिविधिमा लाग्न सकिरहेका छैन् । जसको नकारात्मक असरहरु आगामी ५ वर्षपछि देखा पर्नेछन् । यस भन्दा अगाडि पहिलो र दोस्रो युद्धको समाप्तीको छ, सात वर्ष पछि जनसाख्यिकीय समस्या विश्वले भोगेको थियो । जुन पुनः कोरोना भाईरसको कारणले विश्व जनसाख्यिकीमा देखाउनेमा कुनै शंका छैन ।

अन्त्यमा हाल देखा परेको यो संकट छिटै समाधान होस र यसका कारणले आगामी दिनहरुमा कसैले पनि ज्यान गुमाउन नपरोस् । सबैमा सकारात्मक सोचको विकास गरौ । -(लेखक आर्थिक अनुसन्धान केन्द्र , नेपालका अध्यक्ष हुन् )

स्रोतहरुः

  1. Aguiar, A. Chepeliev, M. Corong, E. McDougall R. &Vander Mensbrugghe D. (2019)
  2. OECD (2020) http: www.oecd.org

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले