३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

बुटवल । कोरोना (कोभिड–१९)संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्य सामग्रीको व्यवस्थापनका लागि समस्या देखिएको छ । लकडाउनको तेस्रो दिनदेखि खाद्य सामग्रीका पसल खोल्ने भनिएपनि संक्रमणको त्रासले सहज बनेको छैन । यस्तो अवस्थामा नेपालकै ठूलो सुपर स्टोर भाटभटेनी सुप मार्केटले उपभोक्ताको घर–घरमा खाद्य सामाग्री उपलब्ध गाउन सुरु गरेको छ । सुपर मार्केटले शुक्रबार लकडाउनको चौंथो दिनदेखि काठमाण्डौं उपत्यकामा निःशुल्क होम डेलिभरीको व्यवस्था गरेको भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बताए ।

सुपर मार्केटले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ मा ह्वाट्सअप, भाइबर तथा म्यासेज बाट उपभोक्ताले माग गरेको खाद्यान्न सामग्री स्टोरकै दरमा ढुवानी शुल्क (अतिरिक्त शुल्क) नलाग्नेगरी यथावत मूल्यमै घरमै सेवा दिने गुरुङले बताए । उनले भने ‘हाम्रो व्यापार व्यवसाय मात्र होइन, सेवापनि हो । अहिले देश र मुलुकबासी संकटमा छौ । यस्तो समयमा हामीले हाम्रो स्थानबाट जे–जसरी सक्छौं त्यसका लागि तयार छौं ।’ सुपर मार्केटले टंगाल स्थित स्टोरबाट निःशुल्क डेलीभरी सेवा सुचारु गरेको हो । उपभोक्ताले नगद वा कार्डमार्फत घरमै भुक्तानी गर्नसक्ने पनि भाटभटेनीले जनाएको छ ।

शुक्रबार सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले नबिल बैंकका सिइओ अनिल केसरी शाहको घरमा स्वयम् खाद्य सामग्री पुर्याइ सेवाको सुरुवात गरेका हुन् । गुरुङले सरकाले खाद्यान्न स्टोरहरुलाई उपभोक्ता घरमै सामान उपलब्ध गराउन आग्रह गरेपछिसेवा सुचारु गरेको बताए । सेवाका लागि उच्च सतर्कता अपनाउँदै ५०० जना कर्मचारी खटिएको र सुपर मार्केटका करिब ४० वटा भ्यानबाट घर–घरमै अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरु मात्र उपलब्ध गराइने समेत उनले बताए । यस अघि कोरोनाको त्रास तथा संक्रमणमा पनि पूरानै मूल्यमा सहज रुपमा सामग्री प्रदान गर्ने प्रतिबद्धता गरेको भाटभटेनीले सोही अनुरुप उपलब्ध गराउँदै नेपाल सरकारले स्थापना गरेको–कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैंया सहयोग गरिसकेको छ भने सामाजिक कार्यलाई निरन्तरता दिदै पहिले निर्माण गरेको महाराजगञ्ज स्थित टिचिङ अस्पतालको इमरजेन्सी भवनमा थप अर्कौ सुबिधा सम्पन्न भवन निमार्णको तयारी समेत गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन् : डा. भट्टराई काँग्रेसको अबरोधले तिलोत्तमामा मत गणना रोकियो, धाधली भएको आरोप लगाउँदै नाराबाजी भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते