ताजा अपडेट »

कोरोना विरुद्ध रोट्रयाक्ट: भिडियो कन्फेरेन्स मार्फत बैठक

शुक्रबार, १४ चैत्र २०७६, १३ : ३४
10 Shares


बुटवल । सामाजिक क्रियाकलापहरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो नियमित बैठक सम्प्नन गरेको छ । भिडियो कन्फेरेन्स मार्फत क्लबले बैठक सम्प्नन हो।

माहामारिको रूपमा फैलिएको कोरोना भाइरस बिरुद्ध नेपाल सरकारले गरेको लक डाउनलाई पुर्ण समर्थन सहित यस विषम परिस्थितिमा समाजमा आफ्नो उत्तरदायित्व कसरी निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी दिए। जस अनुसार राेटरि र राेट्याकट मिलेर आन्तरिक रूपमा रकम ब्यबस्थापन गरेर आवश्यक निकायमा सहयोग गर्ने क्लबका पुर्ब अध्यक्ष जीवन अधिकारीले बताए । दैनिकी मजदुरि गर्ने मजदुर लगाएत खान लाउन नपुग्नेलाई आवश्यक निकायसंग समन्वय गरि सहयोग गरिने सचिव सौरभ भुसालले बताए ।

क्लबले आज आफू मातहतका सबै सदस्यले आफ्नो घरमा राती बिश्व शान्ति र काेराेना राेग बिरुद्ध सचेतनाको लगि मैनबति घरमा बालेर काेराेना राेगबाट मृत्यु भएका प्रति क्यान्डिल बाली श्रद्धाञ्जली व्यक्त गर्ने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।