७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

बुटवल । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको परीक्षण कसरी हुन्छ ? भन्ने जिज्ञाशा पनि यतिवेला सबैमा उत्पन्न गराइदिएको छ । कोरोना संक्रमण भए–नभएको परीक्षणबाट मात्र यकिन गर्न सकिन्छ । त्यसका लागि कोरोना टेस्ट किटको माध्यमबाट यसको संक्रमण भए–नभएको हेर्ने गरिन्छ । 

Advertisement

विश्वका धेरै देशले कोरोना भाइरसको परीक्षणका लागि ‘रियल टाइम पोलिमेरेज चेन रिएक्सन’ (पिसिआर)को प्रयोग गरेका छन् । भाइरस पत्ता लगाउने पोलिमेरेज चेन रिएक्सन विधि सन् १९८० पत्ता लागेको थियो । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको डिएनए पत्ता लगाउनदेखि फलफूलमा भाइरस रहे–नरहेको हेर्नसमेत यो विधि अपनाइन्छ । पिसिआर परीक्षणका लागि प्रिमियर प्राब्स रिएजेन्टको आवश्यकता पर्छ । रिएजेन्ट भनेको रासायनिक प्रतिक्रिया गराउने पदार्थ हो, यसै रियाक्सनको आधारमा परीक्षणको नतिजा सकारात्मक वा नकारात्मक पाइन्छ ।

परीक्षण सुरु गर्नुअघि भाइरसमा हुने आरएनए जेनेटिक म्याटेरियल डिएनएमा परिवर्तन हुनुपर्छ । त्यसका लागि एक प्रक्रिया अपनाइएको हुन्छ । कोरोना भाइरसमा हुने जेनेटिक म्याटेरियल आरएनए हो । त्यसैले यसलाई आरएनए भाइरस पनि भनिन्छ । सुरुमा संक्रमणको आशंका गरिएको मानिसको घाँटीबाट स्वाब अर्थात् र्‍यालको नमुना निकालिन्छ । यसलाई नमूना संकलन पनि भनिन्छ । स्वाब अथवा नमुनालाई उच्चसुरक्षाका साथ परीक्षण ल्याबमा ल्याइन्छ । त्यसपछि नमुनालाई टेस्ट ट्युबमा राखिन्छ ।

अनि भाइरसको आरएनएलाई डिएनएमा परिवर्तन गरिन्छ । त्यसका लागि एक किसिमको इन्जाइमको प्रयोग गरिन्छ, यो प्रक्रियालाई रिभर्स ट्रान्सक्रिप्सन भनिन्छ । त्यसपछि, प्रोब्स र प्रिमियर रिएजेन्टलाई ट्युबमा राखिन्छ, जसले डिएनएको कुनै एक भागको खोजी गर्छ । यदि रिएजेन्टबाट डिएनएमा खोजी गरिएको भाग भेटियो भने रिएजेन्टले त्यो भागलाई परिवर्तन गर्दै लगातार वृद्धि गर्छ, त्यसक्रममा त्यहाँ प्रकाश चम्किन्छ । डिएनएको भाग परिवर्तन हुने प्रक्रियालाई ‘जिन तारिगेटङ’ पनि भनिन्छ ।

परीक्षणकै लागि राखिएको एक किसिमको मेसिनमा प्रकाश कति पटक अथवा कति धेरै चम्कियो भनेर मापन हुन्छ । यदि त्यहाँ धेरै मात्रामा प्रकाश उत्पन्न भएको छ भने त्यो नतिजा सकारात्मक देखिन्छ अर्थात् संक्रमितमा कोरोना भाइरस रहेको पुष्टि हुन्छ ।यदि प्रकाश थोरै मात्र उत्पन्न भएको छ भने नतिजा नकारात्मक हुन्छ । अर्थात् उक्त नमुना लिइएको व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि हुन्छ । यो सबै प्रक्रिया परीक्षण मेसिनभित्र टेस्ट ट्युबमा राखिएको सानो उपकरणमा सम्पन्न हुन्छ ।

कस्ले बनायो सुरुमा टेस्ट किट ?
वर्लिनमा, जर्मन वैज्ञानिक ओल्फर्ट ल्यान्डले सबैभन्दा पहिले टेस्ट किटलाई गत जनवरी ११ मा ताइवान र हङकङस्थित रोच फर्मास्युटिकल्स कम्पनीमा पठाएका थिए ।

सार्स एवं मेर्सको अनुभव भएका ल्यान्डल यस किटले काम गर्छ वा गर्दैन भन्नेमा ढुक्क भने थिएनन् । तर, किटले काम गर्याे र जनवरी १७ मा उक्त किट बनाउने ढाँचालाई विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको थियो ।त्यसपछि जनवरीको अन्तसम्म ४० लाख र हाल हप्तामा १४ लाख परीक्षण किट उनको संस्थाले बनाएर बेच्दै आएको छ । त्यस्तै हङकङका प्रोफेसर डा. लियो पुन लिट म्यानको टिमले पनि परीक्षण किट बनाएर १६ डिसेम्बरमै विश्व स्वास्थ्य संगठनमा पठाएको थियो । पुनको टिमले ४० भन्दा बढी देशमा निःशुल्क रूपमा परीक्षण किट उपलब्ध गराएको छ ।

त्यस्तै, जनवरी १७ मा अमेरिकी रोग नियन्त्रण केन्द्रले आफ्नो ढाँचा परीक्षण किट बनाएको सार्वजनिक भएको थियो । जनवरी २४ मा चीनको परीक्षण किटको ढाँचा विश्व स्वास्थ्य संठनले प्रकाशित गरेको थियो । परीक्षण किट २४ घन्टामै बनाउन सकिने र ठूलो मात्रामा बनाउन सकिने विज्ञहरू बताउँछन् । तर, भाइरसको प्रकृति फरक भइदियो भने ती किटले परीक्षण गर्न नसक्ने सम्भावना पनि हुन्छ ।

जे होस्, काेरोना भाइरसको संक्रमण न्यून गर्न ठूलो मात्रामा परीक्षण हुन आवश्यक छ, त्यसका लागि थुप्रै कम्पनीहरूले परीक्षण किटको विकास गरिरहेका छन् ।-एजेन्सीहरू

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो