ताजा अपडेट »

इन्टलेक्च्यूअलमा खेलकुद जारी

विहीबार, २६ पुस २०७५, ११ : ४२
2 Shares

बुटवल । । इन्टलेक्च्यूअल एकेडेमीमा संचालित खेलकुद सप्ताह अन्तर्गत मंगलवार विभिन्न खेलहरु सम्पन्न भएका छन् । सोमबारदेखि शुरु भएको खेलकुद सप्ताह अन्तर्गत मंगलबार नर्सरी र एलकेजीतर्फ तातो आलु, मिठाई दौड, कुर्ची दौड सम्पन्न भएका छन् भने कक्षा युकेजी र एकमा चम्चा दौड, बेलुन बलास्ट, कक्षा दुई र तीनमा चम्चा दौड, कुर्ची दौड सम्पन्न भएका छन् ।

त्यसैगरि कक्षा चार र प“ाचका विद्यार्थी विच एक सय मिटर दौड तथा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीविचमा सदनात्मक रुपमा इट्टा दौड, हाइजम्प लङजम्प तथा दुई सय मिटर दौड सम्पन्न भएका छन् । शुक्रबारसम्म चल्ने खेलसप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई जुनियर र सिनियर गरि सदनात्मक र कक्षागतरुपमा छात्र÷छात्रा विच विभिन्न खेलमा प्रतिस्प्रर्धा गराइने खेल शिक्षक अग्नीधर पोख्रेलले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।