ताजा अपडेट »

सार्क राष्ट्रका स्वास्थ्यकर्मीहरु बीच भिडियाे कुराकानी, साझा वेबसाइट निर्माण गर्ने

विहीबार, १३ चैत्र २०७६, १७ : ०७
4 Shares

काठमाण्डौं । सार्क राष्ट्रका स्वास्थ्य अधिकारीहरू बीच भिडियो कन्फ्रेन्समार्फत छलफल भएको छ। आज भएको भिडियो कन्फ्रेन्स (डिजिटल बैठक) मा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको हो।

भिडियो कन्फ्रेन्समा आठ देशका स्वास्थ्य अधिकारीहरू सहभागी थिए। परराष्ट्र मन्त्रालयका अनुसार कोभिड-१९ को सूचना आदानप्रदान, इमरजेन्सी मेडिकल सहयोग तथा संयुक्त धारणा सार्वजनिक गर्नको लागि साझा वेबसाइट निर्माण गरिने भएको छ। वेबसाइट १३ अप्रिलभित्र बनाइसक्ने छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।