ताजा अपडेट »

लकडाउनमा विदेशी पर्यटकको उद्धार, देश फर्कन सहजिकरण गर्ने

विहीबार, १३ चैत्र २०७६, १४ : १०
10 Shares

काठमाण्डौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धार सुरु भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधबार पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेसँगै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको काम थालेको हो । उद्धारका लागि तारा र बुद्ध एयरले नागरिक उड्ययन प्राधिकरणबाट अनुमति लिएका छन् ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययका अनुसार पर्यटकहरु जो जहाँ छन्, त्यहीँबाट उद्धार गरिनेछ । त्यसको लागि उनीहरुसँग सम्पर्क गर्ने सरकारले कोसिस गरिरहेको छ भने पर्यटक आफैँले पनि जानकारी दिन सक्नेछन्। उद्धार गरिएका पर्यटकलाई विभिन्न होटलमा क्वारेन्टाइनमा राखिनेछ। सरकारले उद्धार गरेर काठमाडौं ल्याएका पर्यटकले होटलमा बसेको खर्च भने आफैँ व्यहोर्नुपर्नेछ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाई मार्गबाट आएका तर अध्यागमनको रेकर्ड अनुसार स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।