३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

तिलोत्तमा । एनआइसी एशिया बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै आपतकालीन सेवा दिने भएका छन् । एनआईसी एशियाले ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले बैंकका ५ वटा शाखा खुला राखेको छ । एनआइसी एशियाले टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्द कार्कीले बताए ।
कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै लकडाउन गरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

Advertisement

बैंकले प्रदेश कार्यालयका साथै प्रदेश ५ का ६ स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ग्राहक सेवा केन्द्र अन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीका साथै महेश घिमिरे र प्रकाश पन्थीलाई सम्पर्क व्यक्ति तोकिएको छ । त्यस्तै भैरहवा एसपिओ कार्यालयका लागि राजनप्रसाद पोखरेल, सुरज पौडेल र वसन्त भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने बुटवल एसपिओका लागि दिपक आचार्य, सञ्जीव खड्का र तिलक खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ । ग्राहक सहायता केन्द्र अन्तर्गत नेपालगन्ज एसपिओ कार्यालयका लागि माधव बेलबासे, अशोक तिमिल्सेना र राकेश केसीलाई जिम्मेवारी दिइएको छ भने बुटवल देवीनगर एसपिओका लागि रामकृष्ण काफ्ले, विनोद पोखरेल र अर्जुन तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ ।

बैंकका हेल्प डेक्सकाे सम्पर्क नम्बर

त्यस्तै घोराही दाङ एसपिओका लागि दिपक अर्याल, विजय रक्साली, राजेन्द्र सिंह र सुरज श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताए । लकडाउनको समयमा ग्राहकलाई पैसाको आवश्यक परेमा प्रदेश ५ अन्तर्गत खुला रहेका ६७ वटा एटीएमबाट सेवा लिनसक्ने गरी खुला गरिएको उनले जानकारी दिए । एनआईशी एशियाका बुटवलमा १४, भैरहवामा ५ र तिलोत्तमामा ८ वटा एटीएम रहेका छन् । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल, तुलसीपुर, नेपालगन्ज, लिवाङ र रुकुमकोट शाखा खुला गरिएको बैंकका प्रदेश प्रमुख कार्कीले बताए ।

कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल वालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएकाले ग्राहकहरुले डिजिटल बैंकिङबाट कारोबार गर्न सक्ने पनि कार्कीले बताए । मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएकाले ग्राहकले यसको उपयोग गर्न सक्ने पनि उनले बताए ।

त्यस्तै शाईनरेसुङ्गा डेभलपमेन्ट लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल ट्राफिकचोक,बुटवलको योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ बजेसम्मका लागि खुला गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकता अनुसार सम्बन्धित जिल्लामा रहेका शाखाहरु खोलिएको पन्थीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य