ताजा अपडेट »

कोरोना संक्रमणः मानव माथी प्रकृतिको बदला

विहीबार, १३ चैत्र २०७६, १३ : ४५
28 Shares

मानव माथी प्रकृतिको बदला किन ? किनकि नजिकबाट निहालेर हेर्ने हो भने यस भौतिक जगतमा मानव जातीलाई प्रकृति कालिगढले गर्भ मार्फत शरिर(देह) को निर्मित गरेर भौतिक शरिर उपहार दिएको छ । मानवलाई शरिर भएर मात्र पुग्दैन । यस सृष्टि मञ्चमा पार्छ अभिनय गर्ने चेतना सत्ता आत्मा शरिरको मध्ये भाग भृकुटिमा बिराजमान रहेर बसेको हुन्छ । उक्त चेतन सत्ता आत्माले भौतिक शरिरद्वारा जीवन संचालन गर्न मानव आत्मालाई खाद्य वस्तुदेखि लिएर उपभोग्य सामग्री वस्तुहरुको आवश्यक्ता पर्दछ । तब आत्माले उक्त उपभोग्य वस्तुद्वारा कर्म गर्न कलाकारको रुपमा प्रस्तूत गर्ने गर्छ । अग्नि, जल, वायू (श्वांस), आकाश, पृथ्वी (माटो) तत्वको आवश्यक्ता पर्दछ । वास्तवमा आत्मा एक चेतन सत्ता जसलाई आध्यात्मा शक्तिको रुपमा मानिन्छ । जस आत्मा गर्भवति महिलाको गर्भमा रहेको पंच तत्वबाट निर्मित भईरहेको शरिर भित्र प्रवेश गर्छ तब उक्त आत्मालाई सर्वप्रथम वायू श्वासको आवश्यक्ता पर्छ र शरिर भित्र रहेको आत्माले गर्भवति आमाको माध्यमद्वारा श्वास प्राप्त गर्ने गर्छ । श्वास अक्सीजन द्वारा नै जिवित मानवको असतित्व कहलाउँछ । अथवा मानवको प्रतिक्रिया वोध गराउछ । वायू पश्चात् अग्नि, जल, आकाश, पृथ्वीको आवश्यक्ता पर्दछ । यो तत्व विना मानव एक सेकेण्ड पनि रहन सक्दैन र आफनो पार्ट अभिनय गर्न कठिनाई पर्न गइरहेको हुन्छ ।

अग्नि ,जल, वायू, आकास, पृथ्वीको विश्लेषण गर्नु पर्दा खाना बनाउनेदेखि लिएर मुर्दा लास जलाउनका लागि अग्निको आवश्यक्ता पर्दछ, त्यति मात्र नभएर विद्यूतिय अविश्कार हुन पूर्व रेलगाडी पनि कोइलाको आगो मार्फत सञ्चालनमा ल्याउने गर्र्थे । जलः मानव शरीरलाई पानकिो तत्व अधिक मात्रमा दिइरहनुपर्ने आवश्यक पर्छ । भोजन तथा सर–सफाइदेखि लिएर खेतिपाती गर्न र फलफुल तथा सागसब्जीका लागि पानीको आवश्यक्ता पर्दछ । आकाशः आकाश तत्वमा सौर्य मण्डल, तारागणहरु, चन्द्रमा लगायत अन्य ग्रह–उपग्रहहरु बिराजमान छन् ।

सौर्यबाट बिहान पखको घामको किरणले हड्डीमा पूर्ति हूने भिटामिन तत्व बाट शक्ति प्राप्त हुने गर्छ र प्लाष्टिकको बोटलमा राखिएको पानी करीब एक घण्टासम्म घाममा राख्दा उक्त बोटलको पानीमा भएको किटाणुहरु सबै नष्ट हुने गर्छ भन्ने वज्ञानिक तथ्य प्रमाणितबाट मान्यता रहँदै आएको छ । वैज्ञानिकद्वारा सौर्यबाट सौर्य विद्यूतिय उर्जा शक्ति उत्पादन गरी मानव समक्ष सुविधा पुर्याइरहेको छ । पृथ्वीबाट निस्किएको बाफ आकाश तत्वमा उडेर बादलको रुपमा परिणत भएर जसबाट वर्षाको रुपमा मानव जातीलाई खेतिपातीको लागि उपयुक्त सहयोग पुर्याई रहेको हुन्छ । पृथ्वीः खेतीपाति उब्जनीका लागि माटोको आवश्यक्ता पर्दछ, मानवले आफ्ना जीवन लिला अभिनय गर्नका लागि पृथ्वी कै आवश्यक्ता पर्दछ, मानवलाई चाहिने अति आवश्यक्ताका वस्तूहरु उत्पादन गर्न उद्योग कल–कारखानाहरुको निर्माण गर्न पृथ्वीकै आवश्यक्ता पर्दछ ।

यहि माटोमा धान, गहुँ, कोदो, मकै, आलू, अलैची लगाएत अन्य फलफुल तथा सागसब्जीहरु उत्पादन गरेर जिवीको पार्जन गर्ने गर्छन् । प्रकृतिले मानवलाई धातुजन्य वस्तुहरु जस्तैः सुन, चाँदि, तामा, पित्तल, फलाम जिनिस दिएको हुन्छ । जस धातुलाई समयानूकल आवश्यक्ता अनुरुप मानवले सदुपयोय गर्ने गर्छ । यहि पृथ्वीमा भएका इलेक्टो«न, न्यूट्रोन, प्रोटन जस्ता अति सूक्ष्म कणहरुद्वारा विज्ञानले इलोक्ट्रोनिक वस्तुहरुकको आविष्कार गरी मानव हितका लागि दिईरहेको हुन्छ । जस्तैः रेडियो, टेलिफोन, मोबाईल, घडी, क्यामरा आदि–आदि । जस वस्तुलाई क्रियाशिल बनाउन विद्यूतको आवश्यकक्ता पर्दछ । उक्त विद्यूतिय उर्जा शक्ति पनि जल मार्फत उत्पादन गरी मानव समक्ष सहयोग पुर्याई रहेको हुन्छ ।

प्रकृतिले मानवजातीलाई प्रयाप्त मात्रमा सबैथोक दिईरहेको छ । आज मानव जलवायू वातावरण स्वच्छ राख्न जंगलहरु नमासौं, जंगलहरुको संरक्षण गरौं, बोट–बिरुवाहरको वृक्ष रोपण गरी जलवायू परिवर्तन गर्नमा सहभागी बनौं भन्ने कार्यक्रको सहभागिता जनाई रहेका हुन्छन् । हुन त यस वनजंलले पनि वातावरण स्वच्छ राख्नमा ठूलो भूमिका खेलिरहेको हुन्छ । वनजंगल तथा बोट–बिरुवाहरुले धूवाबाट निस्किएको कार्बनडाई अक्साईड र मानवका मुखबाट बाहिर निस्किएको श्वास (कार्बनडाई अक्साईड) लाई अक्सीजनमा परिवर्तन गरी मानवलाई स्वच्छ राखनका लागि उपकार गरिरहेको हुन्छ । प्रकृतिले मानवलाई कतिसम्म गुण लगाईरहेकको हुन्छ यस विषयमा चिन्तन मनन नगरी प्रकृतिलाई उल्टै आरोप गरिरहेको अवस्था छ । त्यसैले होला मानवको बुद्धि बिपरित भएको । यतिका धेरै प्रकृतिले मानवलाई गुण लगाउँदा पनि प्रकृतिले मानव सित एउटै कुराको आशा राखेको छ । त्यो हो मस्तिष्कको स्वच्छता अथवा शूद्धता (Ray of Purity Vivration)

यहि मस्तिष्कको शुद्धताले प्रकृति वायूमण्डलमा स्वच्छता वातावरण बन्नमा मद्दत पुगिरहेको हुन्छ । आज मानवले मस्तिष्कको सोंच शुद्धतालाई त्यति प्राथमिकता दिई रहेको अवस्था छैन । वनजंगल तथा बोट–बिरुवाहरुबाट मात्र प्रकृतिमा शुद्धताको वातावरण बन्न सक्छ भन्ने मान्यता लिदै आईरहेको अवस्था छ । मानव मस्तिष्कबाट प्रकृति वायूमण्डलमा अशूद्ध Vibration पुयाउनु भनेको घोर अनर्थ तथा पाप हो ।

प्रकृतिले मानवलाई मानव आफ्नो क्रिया (Action Position) मा आउनका लागि मन, बुद्धि (मस्तिष्क) संस्कार एवं आञ्खा, नाक, कान, मुख, हात, खुट्टा सबै कर्म इद्रियांहरु दिएको छ । तर, मानवले आज यस कर्म इन्द्रियाहरुलाई मस्तिष्कमा गलत सोंच अपनाउँदै गलत स्थान तिर दुरुपयोग गरिरहेको अवस्था छ । सर्वप्रथम त मानवले मस्तिष्कलाई गलत तरिकाबाट प्रयोग गरिरहेको हुन्छ । जस्तैः अरुको निम्ति कू–भलो सोंच्ने, अरुको प्रगतिमा इश्र्या डाहा गरिरहने यति मात्र नभएर अरुको सम्पत्ति माथी आञ्खा गाड्दै ज्यान मार्ने धम्कि दिने र जीवन लिला समेत समाप्त गरिदिने, परायको छोरीचेलि या आँनै छोरीचेलि माथी कू–दृष्टि सोंच राखेर कू–कर्म गर्ने र अरु निर्दाेष प्राणिहरको हत्या–हिंसा काटमार गरेर आहाराको रुपमा ग्रहण गर्ने आदि यस्ता क्रियाकलापहरु गरिरहेका हुन्छन् । हुन त वास्तवमा माछा–मासु, अलकोहल नशालु पदार्थ लगायत अन्य गूट्का धूम्रपान जस्ता चिजहरु मानव प्राणिकालागि Opposition विषयमा पर्दछ । यो शरिरद्वारा हामीले यस सृष्टिमंचमा अभिनय गरिरहेका छौं तसर्थ यो शरिर प्रकृतिले हामीलाई उपहारको रुपमा दिईरहेको छ । त्यसैले यो शरीर प्रकृतिको नासो हो, यस अर्काको नासोलाई उचित ढंगबाट सदुपयोग गर्न हामी मानवको साझा दायित्व हो ।

हामीलाई प्रकतिले मानवजातीलाई भोजन आहारा केवल अन्न, सागसब्जी तथा फलफूलहरु अधिकारको रुपमा दिईरहेको छ अन्यथा Opposition का चिजहरु ग्रहण गर्ने अधिकार दिएको छैन । जस्तै यदि कसैले कसैलाई नासो जतनसित सदुपयोग गर भनेर दिएको हुन्छ भने उक्त नासोलाई अनुचित ढंगबाट दुरुपयोग गरिन्छ भने उक्त व्यक्तिलाई मान्य हुँदैन त्यस्तै प्रकृतिको लागि पनि मान्य नभइरहेको अवस्था छ । त्यसैले हामी मानवले यस्ता आध्यात्मा सिद्धान्त अथवा रहस्यहरुलाई पनि बुझ्ने चेष्टा गर्ने र प्रोत्साहित गर्नुपर्ने अवस्था आइरहेको छ । भौतिक शिक्षा अन्र्तगत दिईरहेको सूझाव–सल्लाह र आध्यात्मा शिक्षा अन्र्तगत दिने सुझाव–सल्लाहहरु पनि हामीले सहमत र प्रोत्साहित गर्नूपर्ने अवस्था छ । वास्तवमा मानव कर्ममा आउनुभन्दा पूर्व Wrong Thought Create गर्ने गर्छ तब सोंचको अवस्था कस्तो छ त्यस्तै कर्मको परिणाम उस्तै अवस्था हुने गर्छ । त्यसैले गलत सोंच नै महापाप हो । यहि पाप सोंचले भारी दुर्घटना निम्त्याउछ । यदि Thought Criminal  छ भने सबै कर्मईन्द्रियांहरु Criminal हुने गर्छ ।

प्रकृति तत्वद्वारा मानव शरीरको संरचना मात्र नभएर सम्पूर्ण जिवजन्तु प्राणिहरुको शरिर पनि हुने गर्छ । जुन देह शरिरलाई मानवले काटमारको रुपमा हत्याहिंसा गर्छ भने यो प्रकृतिको संरचनालाई भताभुंग बनाए जस्तै हो । जसले गर्दा प्रकृतिको संरचनाहररुको अपमान तथा घोर अनर्थ पाप हुन गईरहेको हुन्छ । यसै कारण प्रकृति आज धेरै दुःखि भएको छ, रोईरहेको छ जस कारण प्रकृतिले पनि आफ्ना भूकम्प, विपरीत जलवायू तथा विभिन्न प्रकरका महा घातक Corona Virus जस्तै अनेक भाईरसको विकराल रुप लिएर बदला लिइरहेको अवस्था छ । यि सबै प्रकृति अन्र्तगतबाट हुने विनाश भनेको प्रकृति प्रकोप हो । अब हामलिे विगतमा गरेको गल्तिको महशूसको रुपमा आत्मा ग्लानिको बोध गर्दे प्रकृतिसंग क्षमा माग्ने समय आएको छ ।
सबै प्राणिहरु माथी दयाभाव राख्ने, निर्दाेष प्राणिहरु माथी निच कर्म कहिल्यै नगर्ने भन्दै संकल्प सोंचबाट प्रण गर्ने, नारी (स्त्री) हरु माथी कु–दृष्टि भाव नराख्ने सबैलाई आत्मियता भावबाट सम्मान गरिरहने, छलकपट, इश्र्या, धोखा, घृणा, बदलाको भावना त्यागेर सबै प्रति सत्यता र सद्भाव पर्कट गर्ने आदि सोंचमा परिवर्तन ल्याउनाले प्रकृतिमा सकारात्मक किरण (Vivration Ray)पूगिरहेको हुन्छ तब मात्र प्रकृतिले पनि मानव माथी दया र क्षमा अवश्य राख्ने छ ।

भाइरसबाट बच्नका लागि सावधानी अपनाउने केहि विकल्पहरुः
१) WHOको नियमलाई ध्यानमा राख्दै जथाभावी सिंगान, र्याल, थुक न फ्याकांै ।
२) भुलवश हात आखाँ, नाक, मूखमा न लाने नगरौं, हात राम्ररी साबून पानीले मिचीमिची धूने गरौं र कतै बाहिरबाट आउदा र घर भित्र प्रवेश गर्न पूर्व त्यहि प्रक्रिया अपनाउने गरौं ।
३) बाहिर निस्कदा सर्जिकल मास्क प्रयोग गर्ने गरौं ।
४) सम्भव भए सम्म सञ्धै नुहाउने बानी बसालौं, पाइखानामा प्रयोग गरेको कपडा पुनः त्यहि कपडा प्रयोग नगरी अर्काे सफा कपडा प्रयोग गरौं किन भने पाइखाना जादा प्रयोग गरेको कपडामा पाइखानाका सुक्ष्म किटाणुहरुले प्रवेश गरेको हुन्छ । सकेसम्म माछा–मासु नखाए कै वेश हुनेछ किनभने यसले हाम्रो पाचन क्रिया शक्तिलाई कमजोर बनाईरहेको हुन्छ जसले हाम्रो मनोबल शक्ति र शारीरीक शक्ति कमजोर बनाई रहेको हुन्छ र कमजोर भएको मानिसलाई मात्र रोगले आक्रमण गर्ने गरेको हुन्छ ।
५) गूटखाजन्य वस्तू, माद्यक पदार्थ, अलकोहल नशालू पदार्थ सेवन नगरौं, यसले पनि शारीरीक र मानसिक रुपमा महा घातक पूर्याउने काम गरिरहेको हुन्छ । यदि हामीले यस्ता आदतहरुलाई सुधार्दे जान्छौं भने हामीमा अवश्य पनि रोगसित लड्ने क्षमता अथाह रुपमा संचय गर्न पाउनेछौं । र एक पटक यसो हामीले विगतमा गरेको भुललाई स्वीकार गर्दे प्रकृति सित क्षमायाचना माग्ने संकल्प गरौं, सबै प्रति भलाई हूने संकल्पहरु सञ्धै चिताई रहौं । यहि नै हो हाम्रो मानवता दायित्व ।
६) कसैसँग बात गर्दा कमसेकम ४ फिट जति टाढै रहेर बात गर्ने गरौं ।
७) यदि कोरोनाको लक्षण र ज्वरो आएको शंकास्पद भएको अवस्था छ भने नजिकको स्वास्थ्य सेवा केन्द्रमा सिघ्र सम्पर्क गर्ने गरौं ।
८) हाँच्छ्यू गर्दा मूख छोपेर गर्ने गरौं ।
९) यो चलिरहेको रोगको लहर केहि पनि होइन भनेर हेलचेक्राई नगरौं र यो भयानक हो भनेर मनोबल कमजोर बनाउने नगरौं ।
१०) सबैले आ–आफ्ना स्थानबाट सुरक्षित रहने र जानेको बुझेका कुराहरु स–चेतनाको रुपमा जनमानसमा पुर्याउने गरौं ।
११) भिडभाड भएको ठाउँबाट सँधै टाढा रहने गरौं र हामीले आफ्नो तर्फबाट भिडभाड गर्ने काम नगरौं । आफ्नो र अरुको निम्ति स्वास्थ्य रहने र स्वास्थ्य रहनका लागि सुझाव सल्लाह दिने गरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।