ताजा अपडेट »

हुम्लामा पुनः भारी हिमपात

बुधबार, १५ फागुन २०७५, ०८ : २१
10 Shares


फागुन १५, सिमकोट । हुम्लामा मंगलबार रातभर भारी हिमपात भएको छ । बुधबार बिहानसम्म जनिमा एक फिट हिउँ जमेको छ ।

हिमपात भए संगै तापक्रम माईनस सातमा झरेको छ भने चिसो निकै बढेको छ । पटक पटकको हिमपातले सेताम्मे हुम्ला यो हिमपातले जताततै सेतो मात्र देखिएको छ । बजार सुनसान छ ।

मानिसहरु घर बाहिर निस्कन कठिन छ भने उत्तरी क्षेत्रका उच्च स्थानमा तीन फिटसम्म हिमपात भएको छ । यसबाट सबै भन्दा बढी आगामी चैत १० गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा ( एसईई ) तयारी गरि रहेका विद्यार्थी मर्कामा परेका छन ।

जिल्लाको एक मात्र यातायात हवाई सेवा पनि बन्द रहेको छ । नाम्खा गाउँपालिकाको लिमी संचार सम्पर्क विहीन छ । स्थानीय बासिन्दाहरु निक्कै प्रभावित भएका छन् । यो हिमपात हुम्लाको एघारौ हिमपात हो ।-गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।