७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

बुटवल । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटालीपछि स्पेनमा मर्नेको संख्या बढी देखिएको छ। पहिलोपटक भाइरस पुष्टि भएको चीनको मृत्यु संख्या भने तेस्रो स्थानमा पुगेको छ।

Advertisement

बिहीबार बिहानसम्ममा महामारीका कारण स्पेनमा चीनभन्दा ३६२ बढीले ज्यान गुमाइसकेका छन्। चीनमा ३ हजार २८५ ले ज्यान गुमाउँदा स्पेनमा ३ हजार ६४७ ले ज्यान गुमाएका हुन्। स्पेनमा ४९ हजार ५१५ मा संक्रमण हुँदा उक्त संख्यामा ज्यान गएको हो । त्यस्तै इटालीमा ७४ हजार ३८६ मा संक्रमण हुँदा ७ हजार ५०३ ले ज्यान गुमाइसकेका छन्। चीनले आफ्नो मुलुकमा महामारी नियन्त्रण गर्न लाग्दा अन्य देशमा भने तीव्र रूपमा फैलिरहेको छ।

बुधबार चीनमा भाइरस संक्रमणबाट थप ६ जनाको ज्यान गयो भने ६७ नयाँ संक्रमण पुष्टि भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। राष्ट्रिय स्वास्थ्य आयोग चीनका अनुसार ती सबै संक्रमण अन्य मुलुकबाट आएका यात्रुमा देखिएको हो। महामारीका कारण विश्वभर २१ हजार २७६ ले ज्यान गुमाइसकेका छन् भने ४ लाख ७० हजार ९७३ मा संक्रमण पुष्टि भइसकेको छ।

धेरै प्रभावित देशको आँकडा
चीन– संक्रमित : ८१,६६७      मृत्यु: ३,२८७   निको: ७३,७७५
इटाली– संक्रमित: ७४,३८६     मृत्यु: ७,५०३  निको: ९,३६२
अमेरिका– संक्रमित: ६८,५७२   मृत्यु: १,०३१   निको: ५९३
स्पेन– संक्रमित: ४९,५१५      मृत्यु: ३,६४७   निको: ५,३६७
जर्मनी– संक्रमित: ३७,३२३     मृत्यु: २०६     निको: ३,५४७
इरान– संक्रमित: २७,०१७      मृत्यु: २,०७७   निको: ९,६२५
फ्रान्स– संक्रमित: २५,६००    मृत्यु: १,३३३   निको: ३,९०७
बेलायत– संक्रमित: ९,६४०     मृत्यु: ४६६    निको: १४०
द. कोरिया– संक्रमित: ९,१३७   मृत्यु: १२६    निको: ३,७३०
भारत– संक्रमित: ६५७      मृत्यु: १२      निको: ४३
नेपाल– संक्रमित: ३        मृत्यु: ०      निको: १ 
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले