ताजा अपडेट »

चैतसम्म सावाँ–व्याज असुली नगर्न बैंकलाई अर्थ मन्त्रालयको निर्देशन

बुधबार, १२ चैत्र २०७६, २३ : ०७
4 Shares

बुटवल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्रमा नकारामक असर परेको छ । नेपालमा पनि भित्रिएको कोरोना संक्रमण र यसको प्रभावले पर्न गएको असरलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले उद्योगी व्यवसायीहरुसँग चैत महिनासम्म साँवा तथा व्याज अशु्ली स्थगन गर्न वित्तिय संस्थाहरुलाई निर्देशन गरेको छ । नेपाल सरकारका अर्थमन्त्री यूवराज खतिवडाको अध्यक्षतामा बु्धबार बसेको उच्च स्तरीय बित्तिय क्षेत्र ब्यवस्थापन समन्मय समितिको बैठकले विभिन्न निर्णय गर्दै सो निर्देशन गरेको हो । बैठकले ति निर्णय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बिमा समिति, सहकारी विभाग, रजिष्ट्रार कम्पनी रजिष्ट्रार कार्यालय लाई पठाइ सकेको छ । बैठकले कोभिड–१९ को संक्रमणको वर्तमान अवस्थामा तोकिएका निकायले न्यूनतम् सेवा दिन र ति सेवाबारे सूचित गर्न आग्रह गर्दै ९ बुँदे निर्देशन दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।