ताजा अपडेट »

देवदह मेलाको तयारि अन्तिम चरणमा

मंगलबार, १४ फागुन २०७५, १९ : ५२
6 Shares

जेष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रवेश निशुल्क


फागुन १४ , देवदह । देवदहमा लाग्न थालेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला, कृषि तथा पर्यटन महोत्सवको तयारि अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् ।

फागुन १६ गतेदेखि २७ गतेसम्म लाग्न थालेको मेलाको तयारी लगभग पुरा भएको आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ । संघले मंगलबार मेला स्थलमा पत्रकार सम्मेलन गरि स्टल बुकिङ्ग तथा निर्माणको तयारि पुरा भएको जनाएको हो ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलममा स्थानीय उत्पादन, गर्मेन्ट, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादन, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने मेला अयोजक मुल समितिका संयोजक गोपालप्रसाद ढकालले जानकारी दिए ।

ढकालले भने–‘ मेलालाई पहिलेको भन्दा आकर्षक र रौनक बनाउनका लागि सेल्फिका पारखीहरुका लागि सेल्फि स्टेशन, देवदहको एतिकासिक महत्व वुझ्नेका लागि सूचना केन्द्र, बालबालिकालाई रमाईलाका लागि नमुना बाल उद्यान, मिनि जु र संगितपे्रमिका लागि रमाईलो साँस्कृतिक कार्यक्रम मेलाका आकर्षक हुने छन् ।

उनले मेलामा बुद्धको स्टेचु र अग्लो खुकुरी समेत मेलाको आकर्षक हुने बताए । देवदहमा रहेका ब्यवसायिक संस्था देवदह उद्योग संघ, देवदह ब्यापार संघ तथा देवदह उद्योग ब्यापार संघले आलोवपालो देवदह मेला स्थलमा मेला लगाउदै आएका छन् भने यसपालि देवदह उद्योग बाणिज्य संघको पालो परेको हो ।

अहिलेको मेलालाई करिव ३ बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजक उद्योग संघले लिएको महासचिव हरि भण्डारीले जानकारी गराए । मेला सम्पन्न गर्नका लागि ६० लाखबढी खर्च हुने अनुमान गरिएको बताउदै महासचिव भण्डारीले देवदहमा स्थायी संरचना नहुँदा धेरै रकम यसै खर्च हुने गरेको बताए ।

उनले अव देवदहमा स्थायी संरचना निर्माण हुने पर्ने धारणा समेत राखे । आम नागरिकलाई प्रवेशका लागि ५० रुपैया प्रवेश शुल्क राखिएको मेलामा विद्यार्थीका लागि ३० रुपैया निर्धारण गरिएको छ भने समुहमा १० जनाभन्दा बढी मेला हेर्न जानेले मात्र २५ रुपैयामा प्रवेश टिकट पाउने आयोजकले बताएका छन् । यसपालिको मेलामा भने जेष्ठ नागरिक र अपाङगता भएका ब्यक्तिले परिचय पत्रका आधारमा निशुल्क प्रवेश पाउने बताइएको छ ।

मेलामा साँकृतिक कार्यक्रमतर्फ सङ्गीङ र डान्सिङ्ग आईडियल, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक तेजु अर्यालले बताए । पर्यटन, कृषि कृषिजन्य उत्पादनको प्रवद्र्धन र विकासमा मेलाले खेल्ने भूमिका महत्वपुर्ण रहेको बताउने संघले अहिलेको मेलामा कृषकका लागि निशुल्क माटो परिक्षणको ब्यवस्था समेत मिलाएको छ ।

कृषि र पर्यटनलाई प्राथमिकता दिइएको महोत्सवमा देशका ४५ बढी जिल्लाबाट औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका स्टलहरु रहने छन् । पत्रकार सम्मेलनमा पर्यटन समितिका संयोजक बासुदेव रिमाल, कृष्ण शाही, संघका उपाध्यक्ष मिना श्रेष्ठ लगायतले आआफ्ना धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।