ताजा अपडेट »

नेपालमा तेस्रो कोरोना संक्रमित फेला

बुधबार, १२ चैत्र २०७६, १३ : २८
2 Shares

काठमाडौ । नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)  पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३  पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको स्वास्थ मन्त्रालयका सह-प्रवक्ता सागर दाहालले जानकारी दिए । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।