२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । अमेरिकामा कोरोना (कोभिड-१९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि सहयोग गर्न चाहेको चीनले जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकट गरिरहेको घृणास्पद लफ्फाजीका कारण द्विपक्षीय सहायतालाई ओझेलमा पारिदिएको चीनको विश्लेषण छ।

Advertisement

चीनको उहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना संक्रमण फेला परेपछि अमेरिकाले लगातार चीनविरुद्ध खेदजनक अभिव्यक्ति दिइरहेको छ। ट्रम्प स्वयम्‌ले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै आएका छन्‌। अमेरिकामा यतिखेर बुलेट ट्रेनको गतिमा कोरोना संक्रमण फैलिइरहेको छ। विश्व नै कोरोना संक्रमणको चपेटामा लपेटिइरहँदा विश्वका प्रमुख दुई शक्तिशाली मुलुकबीच सहायता सम्झौता हुन सकेको छैन।

अवस्था खराब हुँदै गएपछि अहिले अमेरिकामा चीन निर्मित चिकित्सकीय सामग्री, उपकरण र औषधीको ब्यापक माग भैरहेको छ। चीनले अमेरिकालाई सहायता सामग्री उपलब्ध गराउन चाहेपनि वासिङ्टनका राजनीतिज्ञहरूले यसलाई स्वीकार गरिरहेका छैनन्। यस्तो रवैयाका कारण अमेरिकाले कोरोना संक्रमणबाट थप क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका छन्‌। औषधी तथा उपकरण सहायता प्रदान गर्ने मामिलालाई आफूहरूले कुटनैतिक हतियार नबनाउने तथा मानवीय सिद्धान्तका आधारमा सहायता दिन चाहेको चीनले उल्लेख गरेको छ। अमेरिकी अधिकारीहरूले तत्काल घृणास्पद अभिव्यक्ति दिन छाडेर कोरोनाविरुद्ध लड्न धेरै भन्दा धेरै सहायता लिन चीनले आग्रह गरेको हो। चीनबाट चिकित्सकीय सहायता लिन हिच्किचाइरहेको अमेरिकाले अहम्‌ र दम्भका कारण ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावती विज्ञहरूले दिइसकेका छन्‌।

यही अवस्थामा पनि भेन्टिलेटर निर्माण गर्ने प्रमुख चिनियाँ कम्पनीहरूलाई अमेरिकाबाट ७ लाख ९० हजार थान भेन्टिलेटर माग भएको छ। केही चिनियाँ संस्था, अस्पताल र व्यक्तिगत तवरबाट पनि अमेरिकाका स्थानीय चिकित्सक र अस्पतालहरूलाई सहायता दिन खोजिएको छ। कोरोनाविरूद्धको लडाईंमा अनुभव हासिल गरेका चिनियाँ चिकित्सकहरूले पनि सहयोग गर्न चाहेको बताइरहेका छन्‌। टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले चीनबाट प्राप्त १२५५ उपकरण लस एन्जलस पठाइएको र यसले महामारीविरूद्धको लडाईंमा सहयोग पुग्ने ट्वीटरमा लेखेका छन्‌। ग्लोबल टाइम्सका अनुसार अमेरिकी स्वास्थ्य कार्यकर्ता र विशेषज्ञहरूले उपकरण एवम्‌ औषधि अभाव हटाउन दुई देशबीच राष्ट्रियस्तरमै सहायता सम्झौता हुनुपर्ने तथा उपचारका लागि आवश्यकता परिपूर्ति गर्नतर्फ ध्यान दिन आग्रह गरिरहेका छन्‌।

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत