ताजा अपडेट »

लक डाउनमा पनि खाद्य पसलहरु निर्वाध सञ्चालनमा ल्याउन दिने

बुधबार, १२ चैत्र २०७६, ०७ : ५१
6 Shares

बुटवल । लक डाउनकाे दाेस्राे दिन आज पनि बुटवलमा नियम पालना गराउन सडकमा विहानैदेखि बाक्लाे रुपमा सुरक्षा परिचालन गरिएकाे छ । सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु भने निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको पनि देखिएका छन्।’ यस्तै नेपाल-भारत सीमामा अलपत्र परेकालाई प्रवेश दिइएको गृहले जनाएको छ । विज्ञप्तिमा ‘लकडाउन’को व्यवस्थालाई कार्यान्वयन गर्न आमनागरिकलाई आग्रह गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।