ताजा अपडेट »

सरलाका तीन गितका भिडियो सार्वजनिक

मंगलबार, १४ फागुन २०७५, १९ : ४५
6 Shares

फागुन १४, बुटवल ।तीन गितको भिडियो सार्बजनिक गरिएको छ । केही समय अगाडि अडियो सार्वजनिक भैसकेका तीन गितको भिडियो मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

स्वोरुपराज आचार्यको स्वरमा रहेको अमृत भनी पिलाउने बिष, प्रमोद खरेलको स्वरमा रहेको हजार गल्ती र निकिता थापाको स्वरमै रहेको हजार गल्ती गितको भिडियो सार्वजनिक गरिएको हो ।

तीनै गितमा संगीत हितान शुक्रले दिएका छन भने भिडियोमा स्थानिय कलाकारले नै अभिनय गरेका छन । सार्वजनिक कार्यक्रममा रचनाकार सरला थापाले अध्यापनसङै गित संगीतमा पनि रुचि रहेकाले त्यसतर्फ लागेको प्रतिक्रिया दिईन ।

अध्यापनसङै गित संगीतलाई पनि समय दिदै जाने उनले प्रतिक्रिया दिईन । सो अवसमा दीप बोर्डिङ स्कुलका प्राचार्य टिकाराम न्यौपाने, उप प्राचार्य ज्ञानु थापा, प्रीप्राईमरी कोर्डिनेटर पुस्पा गैरे, शिक्षक दिनेश खड्का लगाएतले गितको भिडियो शव्दले खोजे जस्तै रहेको उल्लेख गर्दै बर्तमान परिभेष सुहाउदो गित बनेको बताए । रचनाकार थापा दीप बोर्डिङमा अध्यापनरत छन ।

अहिले सम्म नौ वटा गितमा शव्द लेखिसकेकी थापाले गजल र कबितामा समेत कलम चलाउने गर्छिन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।