May 16, 2022
बुटवल । त्रियाशिल नेपाली युवा समाजले सोमबार मणिग्राममा कोरोना भाइरस (कोभिड-१९ )बाट कसरी बच्न सकिन्छ, भन्ने विषयमा सडकमा हिड्ने पैदल यात्रु तथा सवारी साधनको माध्यमबाट यात्रा गर्ने यात्रुका साथै चालक र सह-चालकलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा युवा समाजले यात्रु तथा चालक, सह-चालकलाई गरी एक हजार भन्दा बढी माक्स तथा सेनिटाइजर वितरण गरेको थियो । युवा समाजका अध्यक्ष रोशन खनालले विश्व भरी फैलिएको कोरोना भाइसर नेपालमा रोक्नको लागि आम नागरिकलाई सचेत गराउनका लागि केही मात्रामा भएनि सहयोग पुग्छ भनेर कार्यक्रम गरिएको बताए । साथै उनले संस्था सामाजिक तथा मानविय कार्य गर्नका लागि नै स्थापना गरिएको बताए ।
कार्यक्रममा संस्थाका सचिव पुुुजन भुुसालले सहजिकरण गरेका थिए । भने कार्यक्रमको महत्व र आवश्यकताका बारेमा उपाध्यक्ष पुुुजा रानाले प्रकाश पारेका थिए । साथै यस्ता कार्यक्रमले समाजमा सकारात्मक पार्ने भन्दै स्थानीय शिक्षक तुल्सीराम न्यौपाने प्रशंसा गरेका थिए।
प्रतिकृया दिनुहोस्