ताजा अपडेट »

प्रहरी र सीमामा रोकिएका युवाबीच झडप

मंगलबार, ११ चैत्र २०७६, ११ : ०७
6 Shares

धनगढी । लकडाउन चलिरहेका बेला सुदूरपश्चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ । नेपाल जान देउ भन्दै नारावाजी र ढुंगामुडा गरेर जवरजस्ती नेपाल पस्न खोजेपछि नेपाली धनगढीको त्रिनगर नाकामा सुरक्षाकर्मी र भारतबाट आएका नेपालीहरुवीच सामान्य झडप भएको हो ।

अहिले परिस्थिति नियन्त्रणमा आइसकेको छ सम्झाएर सीमामा रहेको मन्दिरमा बसाएका छौ त्रिनगर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महादेव भट्टले बताए । कैलालीको अत्तरियाका भक्तराज भट्टले आफूहरुलाई नेपाल जान दिनुपर्ने माग गरे । पाँच दिन लगाएर भारतको बैंगलोरबाट धनगढीको त्रिनगर नाका पुग्यौ तर अहिले आफनै देश जान नपाएर नाकामै अलपत्र छौ उनले भने । कैलाली सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले गृह मन्त्रालयको आदेश पर्खिरहेको बताए । उनले भने –पहिला सीमामा भएका नेपालीहरुलाई धनगढी ल्याउन दिनका लागि गृहको आदेश पर्खिरहेका छौं । गृहको आदेशपछि के गर्ने भन्नेबारे बैठक बसिरहेका छ । उनले गृहको आदेशपछि धनगढीमै चेकजाँच गर्ने वा सम्बन्धित जिल्लामा पठाउने बैठकपछि टुङ्गो लाग्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।