७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

काठमाडौं । कोरोनाको सङ्क्रमणका कारण यस वर्ष सेतो मच्छिन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । गुठी संस्थान, सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

विश्वभर कोरोनाको सङ्क्रमण फैलिएकाले मानव कल्याणका लागि यस वर्षको जात्रा रोक्नुपरेको रथयात्रा व्यवस्थापन समितिको संयोजकसमेत रहेका वडाध्यक्ष शाक्यले सुनाए । प्रत्येक वर्ष वर्षा र सहकालका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा चैत्र शुक्ल अष्टमीदेखि द्वादशीसम्म हुने गरेको थियो । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने जात्रा त्यस दिन असनसम्म पु¥याउने परम्परा प्राचीनकालदेखि छ । नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीमा कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनटोलसम्म रथयात्रा चलाइन्थ्यो । एकादशीका दिन लगनटोलमा रहेको सेतो मच्छेन्द्रनाथको आमाका रुपमा पुजिने पीपलको बोटमा तीनपटक घुमाइन्छ ।

द्वादशीका दिन सानो खटमा आर्यावलोकीतेश्वरलाई राखी बहालमा पु¥याइन्छ । त्यसै दिन सिन्दुर जात्रा गरेपछि जात्रा सकिने परम्परा थियो । यस वर्ष जात्रा गर्न नसकिने भएकाले चैत १९ गते चैत्र शुक्ल अष्टमीका दिन आर्यावलोकीतेश्वर मन्दिरमा क्षमापूजा गर्ने निर्णय भएको पनि अध्यक्ष शाक्यले जानकारी दिए। क्षमापूजामा पनि पुजारी र सरोकार भएका निकायका प्रतिनिधि गरी २५ जनाभन्दा थोरैको उपस्थितिमा हुने समितिले जनाएको छ । कोरोनाको सङ्क्रमण समाप्त भएपछि यस वर्षको जात्रा रोकिएकामा स्वस्तिशान्ति कोटीहोम गरी जात्रामा उपस्थित हुन नपाएका भक्तजनलाई प्रसाद वितरण गरिनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले