ताजा अपडेट »

लकडाउन : सुनसान बुटवल (फोटोफिचर)

मंगलबार, ११ चैत्र २०७६, ०८ : ४६
16 Shares

बुटवल । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले आज बिहान ६ बजेदेखि चैत १८ गतेसम्म देशैभर लकडाउन गरेको छ । लकडाउन भएका कारण बुटवलबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छनैन् ।

आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारीका साधन नचल्दा सधै भिडभाड हुने बुटवलको हस्पिटल लाइन, ट्राफिक चोक, मिलन चोक लगायत देशभरका सडक खाली भएका छन् । सरकारले घरभित्रै आग्रह गरेकाले मानिसहरू सडक खासै देखिएका छैनन् । अत्यावश्यकबाहेक पसल पनि बन्द छन्। सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो ।

आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।