ताजा अपडेट »

लकडाउन सुरु, घरबाट बाहिर निस्कन रोक

मंगलबार, ११ चैत्र २०७६, ०७ : १४
4 Shares

बुटवल । सरकारले घोषणा गरेको लक डाउनलाई सफल बनाउन बुटवलमा विहानैदेखि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । विभिन्न चोकचोकमा ट्राफिक चेकजाँचसहित जनतालाई घरबाट बाहिर ननिस्कनका लागि सुझाब समेत दिने गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले आज बिहान ६ बजेदेखि देशैभर लकडाउन गरेको हो । देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गते विहान ६ बजेसम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

लकडाउनसँगै हवाइ र सडक यातायात लगायत सबै क्षेत्र बन्द भएका छन् । अतिआवश्यक क्षेत्रहरु भने खुल्नेछन् । स्वास्थ्य क्षेत्र, संचार, सुरक्षा निकाय, फोहोर व्यवस्थापन, खानेपानी लगायतका क्षेत्र बाहेक अन्य क्षेत्र बन्द रहनेछन् । लकडाउन आगामी १८ गते सम्म रहने बताइएको छ । नेपालमा हालसम्म दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकजना चिनियाँ नागरिक हुन् भने एक नेपाली हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।