ताजा अपडेट »

भाटभटेनीद्वारा कोरोना नियन्त्रण तथा रोकथाम कोषमा एक करोड सहयोग

सोमबार, १० चैत्र २०७६, २१ : ४९
4 Shares

बुटवल । नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केटले सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा एक करोड रुपैया सहयोग गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै त्रासमा भएको समयमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । सोही कोषमा भाटभटेनी सुपरमार्केटले पनि एक करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो ।

भाटभटेनी सुपरमार्केटसका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले कोरोना संक्रमणको त्रासले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै उक्त कोषमा एक करोड जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेको भाटभटेनी सुपरमार्केटसा अध्यक्ष तथा प्रबन्ध निर्देशकमिनबहादुर गुरुङले ग्लोबल आवाजलाई बताए । उनले भने ‘देशमा अहिले कोरोना संक्रमणको त्रास छ । एउटा जिम्मेवार व्यवसायीको तर्फबाट पहिलो प्राथमिकतामा यथावत मूल्यमै सामान उपलब्ध गराएर कालोबजारीको मर्काबाट उपभोक्तालाई राहत दिलउाने प्रयास गर्यौ । अर्को मुलुक अप्ठ्यारोमा परेको बेला सरकारले स्थापना गरेको कोषबाट सरकारमार्फत नेपाली दाजुभाई दिदी बहिनीलाई सहयोग गर्ने हाम्रो सानो प्रयास हो ।’

व्यवसायमा ख्याती कमाएको भाटभटेनीले विभिन्न सामाजिक क्षेत्रमा पनि उल्लेख्य सहयोग तथा कामहरु गर्दै आएको छ । नेपालकै ठूलो सरकारी टिचिङ अस्पताल महाराजगञ्ज टिचिङ अस्पतालमा यस अघिनै अत्याधुनिक आकस्मिक भवन निर्माण गरिसकेको भाटभटेनीले सोही भवनलाई करोडौं लगानीमा थप संरचना सहित बिस्तार गर्ने लागेको समेत सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए । उनले भाटभटेनीले भूकम्पका बेलामा जस्तै ग्राहकहरुका लागि कोरोना संक्रमणका बेला पनि उपभोग्य सामग्रीको कमी हुन नदिने प्रतिबद्धता अनुसार सामान उपलब्ध गराइरहेको बताउँदै भाटभटेनीमा १० महिनाको लागि सम्पूर्ण प्रकारका खाद्यान्न उपलब्ध रहेको जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।