३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

काठमाडौ । विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको चीनको वुहान शहरमा लगातार चार दिनदेखि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । 

Advertisement

विश्वभर प्रकोपका रूपमा फैलिइरहेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अन्य देशमा फैलिरहे पनि चीनमा भने नियन्त्रणतिर गइरहेको छ । वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै त्यहाँका उद्योग तथा कलकारखाना खुल्न थालेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले पत्रकार सम्मेलन गर्दै वुहानको जनजीवन बिस्तारै सामान्य बन्दै गएको बताए । 

वुहानमा नयाँ सङ्क्रमित नदेखिए पनि चीनका अरु ठाउँमा ३९ जना नयाँ बिरामी भेटिएका छन् । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट ८१ हजार ९३ जना सङ्क्रमित भएका छन् भने तीन हजार दुई सय ७० जनाको ज्यान गएको छ । यस्तै ७२ हजार सात सय तीन जना उपचारपछि निको भएका छन् । कोरोनाका कारण विश्वमा अहिलेसम्म तीन लाख ४९ हजार ९ सय ८० जना सङ्क्रमित भएका छन् ।

यसमध्ये एक लाख बढी उपचारपछि निको भएका छन् भने १५ हजार तीन सय ६ जनाको ज्यान गएको छ । दुई लाख ३४ हजार तनि सय २९ जनाको उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि