ताजा अपडेट »

दाङमा सवारी दुर्घटना : एक अधिकृतको मृत्यु, चार घाइते

सोमबार, १० चैत्र २०७६, १४ : ०४
4 Shares

दाङ। दाङमा यात्रुवहाक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक ब्यक्तिको मृत्यु भएको छ, भने चारजना घाइते भएका छन् । काठमाडौबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्मबरको बस र लमहीबाट पूर्व तर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको मोटरसाइकल गढवा गाउँपालिका वडा नं. १ कालाकाटेमा ठोक्किदा दुर्घटना भएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाका अनुसार रोल्पाको गंगादेव गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनको दुर्घटनामा परी ज्यान गएको छ । उनको घर रुकुम त्रिबेणी गाउँपालिका २ खारा रहेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का २५ बर्षीय अजय कवर, सोही ठाउँका रमेश ओली, दंगीशरण गाउँपालिका २ का २४ बर्षीय सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका ६ का १८ बर्षीय कृष्ण चौधरी रहेका छन । घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये रमेशको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । बस सडकदेखि तल खसेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।