ताजा अपडेट »

कोरोनालाई हेलचेक्राइ नगरियोस्

सोमबार, १० चैत्र २०७६, १३ : ५५
8 Shares

हामी सबैले गम्भीर चिन्तन गर्नुपर्ने अवस्था आएको छ । हामी एउटा राष्ट्र हौं । तेसैले हामिले एउटा राष्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ । हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ । धेरै कुराहरु बाहिर प्रकट भएका छन् र देख्न सकिन्छ । मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ ।

१. जब चीन कोरोना भाइरसका विरुद्ध लंडाई लडिरहेको थियो । वुहान बन्द गरिएको थियो, चिनियाँ जनता आतंकित थिए, चीन विश्वलाई सहयोग र सद्भावका लागि आह्वान गरिरेहेको थियो । तर तेसबेला युरोप र अमेरिका ठट्टा गर्दै थिए । ट्रम्पले पटक–पटक चिनियाँ भाइरस भनी व्यंग्य गरे । युरोपका शहरमा चिनियाँ मानिसहरु कुटिए । नेपालमा एउटा पत्रीकाले मजाक गर्दै माओको मुखमा मास्क लगाएको तस्बिर छाप्यो । नेपाल सरकारले मानवताका आधारमा सिमाना जोडिएको छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर मैले लेखें । स्वमसेवक, आफ्नो इच्छाले जान चाहाने एउटा चिकित्सकको समूह चिन पठाउनु पथ्र्यो । नेपालले चीन सङ्गको कुटनितिमा ठूलो त्रुटी देखायो, तेसबेला । चीन गएका नेपाली बिद्यार्थीलाई घर आउने अधिकार थियो । तर सरकारले रेस्कु, इभ्याक्युएसन वा उद्धार जस्ता गलत शब्द प्रयोग गर्यो । चिनियाँ जनताप्रती तेसबेला जुन संवेदना हामीले देखाउनु पर्थ्यो, हामिले देखाएनौं । हामिलाई तेस्ले कतै छोएन । तर जब माहामारी पश्चिम पुग्यो, हाम्रा आँखा अचानक खुले ।

२. यो भाइरस रोग थियो । यस्को राष्ट्रियता थिएन । यो मानिसको विरुद्ध थियो रास्ट्रीयताको बिरुद्ध थिएन । तर युरो–अमेरिकन सञ्चारमाध्यमले यसलाइ राजनीति ठट्टामा बदले । साप र चमेरो खाएर तेस्तो भएको भनेर लेखे । पश्चिमी संस्थाले जनाबार मारेको पाप कराएको भनेर लेखे । केही नेपाली संचार माध्यामले पनि यहि कुरा दोहोर्याए । अब चिन सकियो भनेर पश्चिमले खुसी देखायो । जब रोगका विरुद्ध लंडाइ शुरु गर्यो चिनले, अधिनायक वादको कुरा उठाए । कुटिकुटी मानिस थुनेको आरोप लगाए । अर्थात रोगलाई राजनितिकरण गरे । तेस्को नक्क्ल गर्ने नेपालमा पनि थिए । पश्चिमी मुलुकले तेसबेला चीनलाई यस माहामारीका विरुद्ध सहयोग गर्नुपर्ने थियो । रोगमा राजनीति गर्नु हुने थिएन ।

३. अहिले चीनले बद्ला लिएन । चीनले अन्तराष्ट्रिय दाइत्वलाई राम्रो सङ्ग अगाडी बढाइरहेको छ । उस्ले अहिले संवेदना र मानवीयताका आधारमा युरोपलाई सहयोग गर्नु पर्छ भन्ने ठान्यो । उस्ले सहयोगका हात अगाडि बढायो । अहिले नेपाली पत्राकार माओका मुखमा टांसेको मास्कले युरोपिएन जनताका मुखमा पस्नबाट भाइरस रोकिरहेका छन । यस माहामारीले विश्वका थुप्रै लुकेका कुराहरुलाई पनि बाहिर ल्याएको छ ।

क. युरोप र अमेरिकामा भएको विज्ञानको विकास मानिसको जीवन बचाउने क्षमता, प्रविधी र औषधीको खोज, अनुसन्धान र निर्माण भन्दा हातहतियार र अन्यथा प्रयोगका कुराहरुमा भएको रहेछ । जुन क्षमता चीन, कोरिया र जापानले कोरोना रोक्न देखाए, जस्ता उपकरणहरु प्रयोग गरे, त्यो युरोप र अमेरिकामा देखिएन । यो भ्रष्ट पुंजिबादी उपभोक्ताबादी अर्थतन्त्रको विशेषता रहेछ ।

ख. पुजिंबाद र समाजबादको बिचको फरक प्रष्ट देखिएको छ, अहिले । चीनमा जब यो भाइरसका विरुद्ध लंडाइ चलिरहेको थियो, सबैलाइ सरकारले गर्ने सहयोग उस्तै थियो । गरिबले काम गर्न नपाएर मर्नु पर्ने र धनीले अलिसान महलमा आइसोलेसनमा बस्ने स्थिती देखिएन । तर पुजिंबादि अमेरीकामा धनिका लागि महंगा अस्पताल छन, सबै सुबिधा छ्न । तर तल्लो आर्थिक अवस्था भएका जनताको हालत खराब छ । त्यांहाका संचार माध्यामले त्यो कुरा किन बाहिर ल्याउदैनन् ? किनभने सबै संचार माध्याम कर्पोरेट हाउसका अधिनमा छन् र उनिहरुको स्वार्थ भ्रष्ट पुंजिबादको सेवा गर्नु हो । यता नेपालमा पनि उन्को प्रभाव छ, त्यसैले ट्रम्पको मुखमा मास्क लगाएको तस्बिर छाप्दैनन् । माहामारीको सामना गर्न पुंजिबाद असफल हुने रहेछ भन्ने कुरा, २० हजार मानिसमा संक्रमण हुदां ६००० मरेका घटनाले पुष्ठि गर्छन् । नेपालमा पनि धनीहरुको यो महामारी रोक्ने सहयोग देखिएन । धनिका अस्पतालमा ज्वरो आएका मानिस छिर्नै नपाउने अवस्था पो आयो ।

ग. पश्चिमी पुजिवादी अर्थतन्त्रका लागि यो माहामारी त्रासधीपूर्ण हुने देखियो । एसिया खासै प्रभाबित नहुने पनि देखियो । एसियामा माहामारीलाई रोक्न चीनको सहयोगले भुमिका खेल्ने पनि देखियो । तर पश्चिमी प्रभावमा रहेको नेपालको राजनीति र कर्मचारीतन्त्रले चीनप्रती माहामारीका समयमा नेपाल हाम्रो असल मित्र हो भन्ने भाव देखाउन सकेन । यो कुरा सरकार र दलहरुलाई अहिले पनि महसुस भएको जस्तो लाग्दैन । यस्ले नेपालको चीन सङ्गको कुटनीतिमा धमिरा लागेको आंशका गरिएको छ ।

घ. चीनले अहिले जसरी डब्लू एच ओ र यूएनसँग समन्वय गर्दै सहयोग अगाडि ल्यायो, त्यसबाट कुटनितीमा उस्को परिपक्वता प्रकट भयो । उस्को उत्पादन प्रणाली पुन संचालनमा आयो । उस्को अर्थतन्त्रले क्षेती ब्योहोर्नु पर्ने अवस्था अब रहेन, तर विकसित देशको अर्थतन्त्रले ठूलो क्षेती ब्यहोर्नु पर्ने देखियो । चीनले एक अर्थमा छलाङ्ग मार्यो भन्दा हुन्छ । अन्तराष्ट्रिय सम्बन्धमा चिनको भूमिकालाई बर्खास्त गर्न अब सम्भब छैन ।

४. के हुन्छ नेपालमा चिनको सशक्त उदयको यो अवस्था र पश्चिमको यो संकटले ? थुप्रै प्रभाब पर्ने कुरा टडकारो छ । भारत यदि यस माहामारीको प्रकोबमा चीनकै तहमा आयो भने, भारतलाई यो समस्या सम्बोधन गर्न सम्भब हुँदैन, पैसा र विज्ञान नभएर होइन । भारतको जनसंख्या सचेत छैन र नेपालमा जस्तै अनुशासन हिन अल्प ज्ञानको सिकार भएको छ । यहाँ पनि कालो बजारी र भ्रष्टाचारको बिग्बिगी छ । भारतमा माहामारी फैलियो भने, नेपाल तहसनहस हुन्छ । के सहयोग माग्ने हक छ हाम्रो चीन सङ्ग अझै ? सहयोग त चीनले फेरि पनि गर्छ । तर उनिहरु हामीलाई सहयोग दिनु अगाडि एक पटक हाम्रो प्रवृत्ति देखेर मुस्कुराउने छन् । के पश्चिमले हामीलाई चिकित्सक र औषधी ल्याउने छ ? त्यसैले भनेको होला नि, श्रीमती श्रीमान छोडन सकिन्छ छिमेकी बदल्न सकिन्न भनेर । हामिले भुकम्पमा चीनले लगाएको गुन स्मरण सम्म गरेका छौँ ? सरकारमा बस्नेहरुले मुल्यांकन गर्दा राम्रो होला ।

५. यो समस्यालाई सरकारले हेलचेक्राइ नगरोस । तत्काल निम्न कुरा गर्नु गर्नु पर्ने देखिन्छ ।
क. चीनसँग सहयोग मागोस । चिकित्सक, औषधि र प्रविधि तत्काल ल्याओस । आइसोलेशन गृह निर्माणमा सेनाको प्रयोग गरोस । बांचे मात्र पछि प्रगति गरिने हो ।

ख. कालाबजारी रोक्न र माहामारीका नाममा देखिएको कालाबजारी र स्थानीय तहमा देख्न थालिएको अपब्यय रोक्न आपात्काल घोषणा गरियोस ।

ग. सिमाना बन्द गरियोस र तराईका सबै शहरमा उच्चस्तरिय स्वास्थ समुहहरु पठाइयोस । तराईका जनतालाई आतंकबाट जोगाइयोस ।

घ. धनी र ठूला मानिस बेइमान हुन्छ्न भन्ने प्रष्ट देखिसकियो । गरिब हरुलाइ रासन बाड्ने धेरैवटा स्टोरहरु शुरु गरियोस ।

ङ. गरिबहरु छिर्न पाउने अस्पताल तोकियोस ।

६. हरेक समस्याले पाठ सिकांउछन् । हाम्रो संघीयता कति सफल छ भन्ने यसले नै देखाउने छ । सरकारले राम्रोसँग डेलिभेरी गरेन भने, र दलहरुले आफ्नो औचित्यता प्रमाणित गरेनन् भने बिद्धुतको तालिमकेन्द्रमा नेताहरुले पुग्नु पर्ने हुन सक्छ । भित्र र बाहिर दुबैतिर घेराबन्दी भएको देख्नु भएकै होला । निरो रोम जल्दा बांसुरीमा आफ्नो गीतको लय बजाउदै थिए । अहिले पो थाह भयो उनी रोम जलोस भन्ने चांहदा रहेछन् । उनी त्यहाँ ठूलो महल बनाउन चाहँदा रहेछन् । जति बेला रोम जल्दै थियो, उनले बार्दलिमा उभिएर हेरेछन्, रातमा उज्यालो । उनलाई खुब मन परेछ । त्यसपछि जुन अराजकता रोममा जन्मियो, तेस्ले रोम नै मासियो । हामिले आँखा खोल्नु आवश्यक छ । भुकम्पपछि मानिसमा अराजकता झन मौलायो । यो माहामारीले अराजक पराबलियनहरुको तांती झन झन बढ्ने छ । अहिलेको मोजमस्ती महाङ्गो हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।