ताजा अपडेट »

कोरोना संक्रमणबारे स्वास्थ्यमन्त्रीको आकस्मिक पत्रकार सम्मेलन

सोमबार, १० चैत्र २०७६, १२ : ०२
4 Shares

काठमाण्डौं । युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै डाकेका हुन् ।

सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ-आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आजैदेखि दुबै छिमेकका सीमाहरु बन्द गरिएका छन् । स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवलायले बतायो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।