ताजा अपडेट »

लामो दूरीका यातायात आजदेखि बन्द, जिल्लाबाहिर जान नपाउने

सोमबार, १० चैत्र २०७६, १० : १९
2 Shares

बुटवल । आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधनमा रोक लगाइएको छ। सरकारले घोषणाअनुसार आजदेखि चैत २१ गतेसम्म लामो दूरीका यात्रुबाहक सवारीसाधन चल्न रोक लगाइएको हो। जसका कारण यातायात सेवाहरु प्रभावित भएका छन्।

लामो दूरीका सवारीसाधन नचलेपछि प्रमुख राजमार्गहरु पनि खाली खाली देखिएका छन्। बुटवलबाट छुट्ने लामो दुरीका सवारी साधन भने चलेका छैन् । जिल्ला चल्ने सवारी साधन र नगर बस भने चलेका छन् । सरकारले घोषणा गरेअनुसार छोटो दूरीका लागि सार्वजनिक र निजी दुबै सवारीसाधन चल्न पाउनेछन्। छोटो दूरी भन्नाले जिल्लाभरि वा बढीमा जोडिएको जिल्लासम्म यात्रा गर्न पाउने यातायात व्यवस्था विभागले जानकारी दिएको छ। त्यस्तै मालबाहक सवारीसाधन, खानेपानी ढुवानी गर्ने सवारीसाधन, दैनिक उपभोग्य सामग्री बोक्ने सवारी साधन, फोहोर बोक्ने सवारी साधन, पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधन भने लामो वा छोटो दूरी दुवैमा चल्ने बताइएको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्‍न प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि २१ गतेसम्म लामो दूरीका यातायात चल्न नदिने निर्देशन दिएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।